Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रतिनिधि सभा बिघटन बिरुद्ध (नेकपा)प्रचण्ड–माधव समूहको बुटवलमा बिरोध प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रतिनिधि सभा बिघटन बिरुद्ध (नेकपा)प्रचण्ड–माधव समूहको बुटवलमा बिरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · १५ माघ २०७७ · 0
प्रतिनिधि सभा बिघटन बिरुद्ध (नेकपा)प्रचण्ड–माधव समूहको बुटवलमा बिरोध प्रदर्शन
90
SHARES
ShareTweet

ओली समयको पछि पछि लतारिने व्यक्ति हुन् : नेपाल

बुटवल, १५ माघ । संविधान विपरित प्रधानमन्त्री के पी ओलीले गरेको प्रतिनिधि सभा बिघटन गरेको बिरोधमा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले बिहीबार बुटवलमा बिरोध सभा गर्यो । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको पुष्पलाल पार्कमा गरिएको बिरोध सभामा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट हजारांै नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
बिरोध सभालाइ सम्बोधन गर्दै (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली समयको गति र प्रवाह बुझ्न नसक्ने व्यक्ति भएको टिप्पणि गर्नभयो । समयको गतिलाइ बुझ्न सक्ने क्षमता नभएकाले ओली जहिले पनि समयको पछि पछि लतारिने गरेको नेता नेपालले बताउनुभयो । ‘ओली न समयको गतिलाइ बुझ्न सक्नुहुन्छ न राम्रो काम गर्नुहुन्छ, खाली पछाडी बसेर अरुको बत्खुवाइ गर्नुहुन्छ’ नेता नेपालले भन्नुभयो । ओलीले बैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणि पनि असफल हुने नेता नेपालले बताउनु भयो । २०६२÷०६३ को जन आन्दोलनका बेला गणतन्त्र ल्याउनु बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो भन्ने ओलीको भविष्यवाणि असफल भएको भन्दै नेता नेपालले यसअघिका कुनैपनि न्यायपुर्ण आन्दोलनमा अगुवाइ नगरेका ओली लोकतन्त्र बिरोधी भएको आरोप लगाउनु भयो ।
म नै सिंगो राष्ट्र हुँ भन्ने अहंकारले मैमत्त भएका ओलीले बकबक मात्रै गर्न जानेको पनि नेता नेपालले टिप्पणि गर्नुभयो । ‘हामी भन्छौं अलि कम बोल्नुस्, काम धेरै गर्नुस् तर उहाँ राम्रो काम गर्नै नजान्ने, खाली बकबक बकबक गरिरहनुहुन्छ’ नेता नेपालले भन्नुभयो । आम नेपाली जनता मात्रै नभइ ओलीकै छत्रछायाँमा पालियकाहरु समेत ओलीसंग वाक्कदिक्क परेको भन्दै नेपालले प्रधानमन्त्री ओलीलाइ राम्रो संस्कार सिक्न सुझाव दिनुभयो । अव पनि आफुलाइ नसुधारे ओली र ओली प्रवृत्तिलाई इतिहासले हुत्याइदिने दावी गर्दै नेता नेपालले निर्वाचन आयोगले निर्णय दिएपछि ओलीको जालझेलमा परेकाहरु समेत चिन्तित भएकाले अलमलमा परेकाहरुलाई नेता नेपालले मुल घर फर्कन आग्रह गर्नुभयो । अरुलाई घोचपेचमै गर्न रमाउने ओली झुठो बोल्न र जालझेल गर्न माहिर रहेको भन्दै नेता नेपालले नवौं महाधिवेशनमा पनि ओलीले जालझेल गरेरै जितेको दावी गर्नुभयो ।
श्री ३ बन्ने सपना दुई महिनामा चकनाचुर हुनेछ : प्रचण्ड

बिरोध सभामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले आफु श्री ३ बन्नकै लागि संविधानको हत्या गरेको आरोप लगाउनुभयो । संविधानको हत्या गरेर जनमतको अपमान गर्दै ओली श्री ३ बन्ने बाटोमा लागेको आरोप लगाउंदै अध्यक्ष प्रचण्डले ओलीको त्यो चाहाना केही महिना भित्रै ध्वस्त पारिदिने दाबी गर्नुभयो । ‘केपि ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछ । हेर्नुहोला केही महिना भित्रै ओलीको स्वेच्छाचारिताको अन्त्य हुनेछ, नेपाली जनताको जित हुनेछ’ । आफैले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्ति निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको छ ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई पुन निरंकुशता र तानाशाही तिर फर्काउने कुचेष्टा गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले निरंकुश राणा र राजतन्त्रको श्रीपेच खोसेका जनताले ओलीलाइ पनि लेखेट्ने दावी गर्नुभयो । ओलीको कदमलाइ परास्त गर्दै देशलाइ समृद्धिको यात्रामा हिडाउने प्रतिवद्धता पटक पटक दोहोर्याउनु भएका अध्यक्ष प्रचण्डले वैशाखमा चुनाव गर्ने ओलीको रटान जनता झुक्काउन गरिएको खेल मात्रै भएको टिप्पणी गर्नुभयो । अदालत प्रति शंका व्यक्त गर्न नचाहेको भन्दै उहांले सबैभन्दा ठुलो अदालत जनता भएकाले जनताकै साथले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
ओली घनघोर राष्ट्रघाती : ज्ञवाली
नेकपाका नेता युवराज ज्ञवालीले प्रम ओली संघीयता, गणतन्त्र र लोकतन्त्र मास्नकालागि ओलीले संसद बिघटन गरेको आरोप लगाउनु भयो । देशमा निरन्तर अस्थिरताको खेती गरेर मुलुकलाइ कमजोर बनाउन संसद बिघटन गरेकाले जनताले कुनै हालतमा त्यसलाइ स्वीकार गर्न नसक्ने उहांले बताउनु भयो । ओलीले चुनावको रटान लगाउनु बकवास मात्रै भएको भन्दै नेता ज्ञवालीले अब केपी ओली बिनाको सच्चा मास्र्कबादी, समाजबादी कम्युनिष्ट पार्टी बन्ने र त्यसले मुलुकलाइ सहि दिशामा लैजाने दावी गर्नुभयो ।
ओलीमा बैचारिक ज्ञान र शक्ति नै छैन : पुन
सभालाइ सम्बोधन गर्दै नेता बर्षमान पुनले प्रम ओलीमा बैचारिक ज्ञान र शक्ति नै नभएको बताउनुभयो । जनयुद्ध सहित अन्य जनआन्दोलकै बलले ओलीलाइ प्रमको कुर्सीमा पुर्याएको भन्दै नेता पुनले ती आन्दोलन र जनयुद्धको अपमान गर्नु हांस्यास्पद रहेको बताउनुभयो । ‘ओलीजी हिम्मत छ भने बिचारको राजनीतिमा आउनुस् । लोकतन्त्र मासेर दलाल नोकरशाही र बिचौलियाहरुको पार्टी खडा गरेर आफु सर्वेसर्वा हुने कुबाटोमा नलाग्नुस’ नेता पुनले भन्नुभयो ।
ओलीलाइ घुंडा टेकाएर छोडिन्छ : भुसाल
स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री ओलीले निरङ्कुश्ता लादेर आफु शक्तिशाली बन्न सनकका भरमा मुलुकलाइ बर्बादी तर्फ धकेलेको बताउनुभयो । संविधान कुल्चेर प्रतिनिधि सभा बिघटन गरेकाले ओलीलाइ कुनै हालतमा सफल हुन नदिने भन्दै नेता भुसालले ओलीलाई घुंडा टेकाएरै छोड्ने दावी गर्नुभयो । प्रम ओलीलाइ इतिहासका राणा र राजाको प्रेत आत्मासंग तुलना गर्दै नेता भुसालले ओलीको निरङ्कुश प्रेत बिरुद्ध जनता सडकमा आइसकेकाले छिट्टै ठेगान लाग्ने उल्लेख गर्नुभयो । ‘ओलीको निरंकुश कदमलाइ सडक, अदालतलगायत सबैसबै ठाँउबाट हराउछौं, घुंडा टेकाएरै छोड्छौं’ नेता भुसालले भन्नुभयो । प्रधानमन्त्री बनेपछि ओलीले पार्टी, जनता र सांसदहरुलाइ पाखा लगाएर भ्रष्ट, दलालहरुसंग मिलेर मुलुकलाइ बर्बादी, अस्थिरता तर्फ धकेल्न संविधानको हत्या गरेको आरोप लगाउंदै नेता भुसालले जसका कारण ओली पार्टी भित्रै एक्लिदै गएको बताउनुभयो ।
बिरोध सभामा नेताहरु ओनसरी घर्ती, ठाकुर गैरे, चन्द्रप्रकाश खनाल, बामदेव क्षेत्रीलगायतले सम्बोधन गर्दै संविधान कुल्चेर गरिएको संसद बिघटनको कदम नसच्चिए सम्म आन्दोलन नरोकिने बताउनु भयो । उहांहरुले बैशाखमा चुनावको रटान जनता झुक्याउन गरिएको नाटक मात्रै भएको बताउनु भयो ।
बिरोध सभा स्थलको चारैतिरबाट जुलुस निकालिएको थियो । आमसभा अघि राजमार्ग चौराहा, रामनगर, जितगढी र गोलपार्कबाट निस्केको जुलुस ओली सरकार बिरुद्ध नाराबाजी गर्दै कार्यक्रम स्थल अस्पताल लाइनमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।

≪ Previous Post

सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा ओली समूह भन्दा प्रगतिशिल छौं : घनश्याम भुसाल

Next Post ≫

आज सहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क