योग्य र क्रियाशिल पत्रकारलाई महासंघको सदस्यता सिफारिस गर्न माग
बुटवल, १३ माघ । नेपाल पत्रकार महासंघको सदस्यता सिफारिस गर्दा कुनै आग्रह पुर्वाग्रह नराखि निष्पक्ष रुपमा गर्न नेपाल प्रेस युनियन रुपन्देहीले आग्रह गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज पत्रकार महासंघ रुपन्देहीमा ध्यानाकर्षण पत्र बुझाउंदै पत्रकार महासंघको सदस्यता प्राप्तिका लागि आवेदन दिएका महासंघको बिधान बमोजिम सदस्यता प्राप्त गर्न योग्य र पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई कुनै आग्रह पुर्वाग्रह बिना निष्पक्ष रुपमा सिफारिस गर्न माग गरेको हो ।
पत्रकार महासंघ रुपन्देहीको माघ १२ गते बसेको बैठकले महासंघको नयाँ सदस्यताका लागि आबेदन दिएका नयाँ सदस्यहरुको नाम सिफारिस गर्दा आवेदन दिएका मध्ये कतिपय क्रियाशिल पत्रकारहरुलाई समेत पुर्वाग्रह राखि सिफारिस नगरिएको भन्ने सुन्नमा आएको भन्दै युनियनले महासंघको बैठकको निर्णय सार्वजनिक गर्न समेत माग गरेको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल र सचिब श्यामशंकर पाण्डेद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कुनैखालका पुर्वाग्रह नराखि महासंघको बिधान बमोजिम सदस्यता प्राप्त गर्न योग्य तथा सक्रिय पत्रकारहरुलाई निष्पक्ष रुपमा सदस्यता सिफारिस गर्न माग गर्दै सुन्नमा आए जस्तो योग्य आवेदनकर्तालाई समेत सदस्यताका लागि सिफारिस नगरिए सक्रिय पत्रकारहरुको सदस्यता प्राप्तिका लागि युनियन संघर्ष गर्न पछि नपर्ने चेतावनी दिइएको छ ।
यसअघि युनियनका सल्लाहकार सहित बसेको युनियनको बैठकले महासंघको बिधान बमोजिम सदस्यता प्राप्तिका लागि आवेदन दिएका सदस्यता प्राप्त गर्न योग्य क्रियाशिल पत्रकारहरुलाई कुनै पुर्वाग्रहबिना सदस्यताका लागि सिफारिस गर्न पत्रकार महासंघ रुपन्देहीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।
