Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ गगन थापाको कटाक्ष: बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे घर जाने,नभए जंगल जाने
चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई

चौथो खुला लनटेनिसको उपाधी रितिक...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
रुपन्देही सुपरलिग : जीआरलाई सफलता

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

गगन थापाको कटाक्ष: बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे घर जाने,नभए जंगल जाने

संसारपोस्ट संवाददाता · ८ माघ २०७७ · 0
गगन थापाको कटाक्ष: बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे घर जाने,नभए जंगल जाने
130
SHARES
ShareTweet

बुटवल,८ माघ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री गगनकुमार थापाले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे खुरु खुरु घर जाने र घर गएर पनि नभए जंगल जाने जवाफ दिनुभएको छ ।
प्रतिनिधिसभा विघटन बिरुद्ध मुद्दाको सुनुवाईका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहितका न्यायाधिसहरु र कानून व्यवसायीहरुबीच भएका सवाल जवाफतर्फ इंगित गर्दै कांग्रेस युवा नेता थापाले उक्त जवाफ दिनु भएको हो ।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिद्धारा बिहीबार बुटवलमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले भन्नुभयो ‘प्रतिनिधिसभा विघटन बिरुद्ध परेका रिटहरुमाथिको सुनुवाइका क्रममा न्यायाधिसहरुले वकिलहरुलाई प्रश्न गरेको सुन्दा वकिल भएर बहस गर्दै जवाफ दिन मन लाग्छ,बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गरे खुरु खुरु घर जाने नभए जंगलतिर जाने ।’
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक मात्रै नभएर अनधिकृत र चरम अराजनीतिक भएको भन्दै थापाले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरेर चुनावमा जाने घोषणालाई सहि ठहराइए भविस्यमा दुइ तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीले मलाई सतप्रतिसत मत चाहियो भनेर संसद बिघटन गरेर चुनाव घोषणाको दुस्साहस गर्ने अवस्था आउने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘संविधानमा व्यवस्थै नभएको अवस्थामा पनि झण्डै दुइ तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गरेको ठिक हो भनेर भनियो भने भोलीका दिनमा दुइ तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीले संसदमा २÷४ जनाले सरकारको बिरोध गरे,संसदमा सरकारको बिरोध गरेको मन परेन,मलाई सतप्रतिसत बहुमत चाहियो भनेर संसद विघटन गरेर चुनावको घोषणा गर्न सक्छ, त्यस्तो अवस्थामा चुनावमा जाने कि नजाने ?’
संविधानमा प्रष्ट लेखिएको विषयमा संविधानमा यो लेखिएको छ भन्दा अदालतलाई प्रभावित गर्न खोजेको नहुने भन्दै उहाँले आफुहरुले लडेर ल्याएको संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको व्यवस्थामाथि कतैबाट आँच नआओस भन्ने आफ्नो चिन्ता रहेको बताउनुभयो ।
पुस ५ को कदम चालिनुमा प्रधानमन्त्री ओली मात्रै दोषी नभएको भन्दै थापाले ओली प्रबृत्ति निर्माण गर्न उनका समर्थकहरुको भूमिका पनि दोषी रहेको बिचार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जे गर्दा पनि ठिक छ भनेर ताली बजाउने अन्धभक्तहरुका कारण ओली प्रबृत्ति निर्माण भएको उहाँको भनाइ थियो ।
ओली प्रबृत्ति निर्माण गर्ने अवसर दिनेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि जिम्मेवार भएको बताउदै उहाँले मुख्यमन्त्री पोखरेललाई ओली प्रबृत्तिको दोस्रो संस्करणको रुपमा चित्रित गर्नुभयो ।
मुख्यमन्त्री पोखरेल प्रदेशका काममा भन्दा प्रधानमन्त्री ओलीको लाज छोप्ने कार्यमा व्यस्त रहेको भन्दै थापाले ओलीको लाज छोप्न दौडिदा आफु सर्वाङ्ग भएको पोखरेलले थाहा नपाएको थापाको भनाइ थियो ।
नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा थरुनी,नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का क्षेत्रिय सभापति हरी लम्साल,नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य जीत बहादुर मल्ल,नगर उपसभापति विमलराज भट्टराई,सचिव ज्योती भण्डारी लगायतले मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको बिरोध गरेका थिए ।

≪ Previous Post

कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

Next Post ≫

संकटको मुल जड दोस्रो जनआन्दोलन : कमल थापा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क