Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संकटको मुल जड दोस्रो जनआन्दोलन : कमल थापा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संकटको मुल जड दोस्रो जनआन्दोलन : कमल थापा

संसारपोस्ट संवाददाता · ११ माघ २०७७ · 0
संकटको मुल जड दोस्रो जनआन्दोलन : कमल थापा
80
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, ११ माघ । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताउनुभएको छ । आइतबार नवलपुरको कावासोतीमा राप्रपा नवलपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संसद पुनस्थापना गरेर केपी ओलीको सट्टा प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउदैमा समस्या हल नहुने उल्लेख गर्नुभयो । नेता थापाले दुई तिहाईको बहुमतको सरकारले जस्तोसुकै व्यवस्था ल्याउन सक्ने भए पनि शक्ति र अधिकारको सदुपयोग नगरेर दुरुपयोग मात्र गरेको आरोप लगाउनु भयो ।
थापाले भन्नुभयो–‘न्यायलयमा समेत आफ्नो मान्छे भर्ने काम भयो । अहिले सरकार र सडक दुवैबाट न्यायको प्रतिमूर्ति सर्वोच्च माथि औला ठडाउने, दबाब दिने र तर्साउने काम भईरहेको छ जसले देश ठूलो संकटमा जाँदै छ ।’ अहिलेको निकास भनेको विप्लवदेखि राजासम्म अट्ने लोकतान्त्रिक व्यवस्था सहितको राजतन्त्र भएको दावी गर्दै हिन्दु राष्ट्र र राजासहितको लोकतान्त्रिक व्यवस्थाले मात्र सबै समस्याको हल हुने नेता थापाले बताउनुभयो ।
राजसंस्था नभएकै कारण देशमा भ्रष्टाचार मौलाएको र विदेशी शक्तिको चलखेल बढेको दावी गर्दै नेता थापाले पार्टीबाट छानिएको राष्ट्रपति तटस्थ र सबैको हित अनुकुलको राष्ट्रपति हुन नसक्ने भन्दै राष्ट्रपतिय व्यवस्था नै गलत भएको जिकिर गर्नुभयो । नेता थापाले संसद विघटनले संवैधानिक जटिलता ल्याएको भए पनि अबको विकल्प भनेको नयाँ जनादेशमा जाने नै भएको बताउँदै चुनावमा जानु पर्नेमा जोड दिनुभयो ।
भेलामा राप्रपा गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले अबको विकल्प भनेको चुनावमा गएर नयाँ जनादेश लिनु नै भएको बताउनुभयो । राप्रपा नवलपुरको आयोजनामा भएको अगुवा कार्यकर्ता भेला दलबहादुर केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रम गुणाखर काफ्लेको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

गगन थापाको कटाक्ष: बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे घर जाने,नभए जंगल जाने

Next Post ≫

तिलोत्तमा उद्योग वाणिज्य संघमा नयाँमिल वितरण केन्द्रका प्रमुखलाई स्वागत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क