Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको तिलोत्तमाले ३२५५ दुग्ध उत्पादक किसानलाई करिव ४६ लाख अनुदान प्रदान
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमाले ३२५५ दुग्ध उत्पादक किसानलाई करिव ४६ लाख अनुदान प्रदान

संसारपोस्ट संवाददाता · ७ माघ २०७७ · 0
रुपन्देहीको तिलोत्तमाले ३२५५ दुग्ध उत्पादक किसानलाई करिव ४६ लाख अनुदान प्रदान
110
SHARES
ShareTweet

बुटवल ७ माघ
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ३२५५ दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ ।
नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैंयाँ प्राप्त गरेका छन् ।
अनुदानलाई साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत् विक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेका छन् ।
मंगलबार दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत् किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख रुपैंयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुनेभएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरील बताउनुभयो ।
यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैंयाँ प्राप्त गरेको छ । यस्तै वडा नं. १४ कैं टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैंयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७ रुपैंयाँ, वडा नं. ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैंयाँ प्राप्त गरेको छ ।
गत वर्षको तुलनामा यो वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख रुपैंयाँ बढी अनुदान रकम प्राप्त गरेका छन् । दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारीमार्फत् विक्री वितरण हुने भएको छ ।
अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा तिलोत्तमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताउँदै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताउनुभयो । यस्तै दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले तल्लो तहको किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताउनुभयो । दुधको खपत बढाइनुपर्नेमा जोड दिँदै उहाँले विशिष्ट सहकारीमार्फत् बन्न थालेको दुग्ध प्रशोधन केन्द्रमा सेयर लगानी गर्न प्रारम्भिक सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो । सरकार र सहकारीको संयुक्त लगानीमा तिलोत्तमा नगरपालिकाको वडा नं. ६ मा यु.एच.टी. दुग्ध प्रशोधन परियोजना निर्माण कार्य अघि बढेको छ । नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालन तथा पशु सेवा शाखाका राजु कुँवरको सञ्चालनमा कार्यक्रम भएको हो

≪ Previous Post

पर्यटन व्यवसायीले सरकारले उपलब्ध गराउने पुर्नर कर्जा पहुंचवालामा सिमित भएको गुनासो गरे

Next Post ≫

वनलाई आयश्रोतको बलियो माध्यम बनाऔ ःमन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क