Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटन व्यवसायीले सरकारले उपलब्ध गराउने पुर्नर कर्जा पहुंचवालामा सिमित भएको गुनासो गरे
चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई

चौथो खुला लनटेनिसको उपाधी रितिक...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
रुपन्देही सुपरलिग : जीआरलाई सफलता

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पर्यटन व्यवसायीले सरकारले उपलब्ध गराउने पुर्नर कर्जा पहुंचवालामा सिमित भएको गुनासो गरे

संसारपोस्ट संवाददाता · ६ माघ २०७७ · 0
पर्यटन व्यवसायीले सरकारले उपलब्ध गराउने पुर्नर कर्जा पहुंचवालामा सिमित भएको गुनासो गरे
120
SHARES
ShareTweet

बुटवल ६ माघ
होटल तथा पर्यटन व्यवसायीका समस्या र समाधानका विषयमा बुटवलमा सरोकारवाला निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजना,, नेपाल पर्यटन बोर्ड लुम्बिनी प्रदेशका प्रमुख, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष र पर्यटन व्यवसायीहरुको सहभागितामा मंगलबार बुटवलमा छलफल भएको हो ।
सोही छलफल तथा अन्तरक्रियामा बोल्ने होटल तथा पर्यटन व्यवसायीले कोरोनाका कारण पीडित भएका व्यवसायीलाई सरकारले उपलब्ध गराउने भनेकोे पुनर कर्जाबाट बन्चित हुनु परेको गुनासो गरेका छन् । पहुंचमा रहेकाले मात्र सरकारी सेवासुविधा ल्याएको र सर्वसाधारण स्वरोजगार व्यवसायीको पहुंच नहुंदा बन्चित हुनुपरेको गुनासो गरको थिए । कोराना भाइरसका कारण पर्यटन व्यवसायीले घरवाहल र बैंकको व्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका थिए । पर्यटन व्यवसायी राज्यको पहुंचमा नभएको गुनासो गर्दै आन्तरिक पर्यटन प्रवद्र्वन र विकासका लागि गम्भिर बन्न राज्यसंग माग गरेका छन । राज्य सकरात्मक भएमा होटल तथा पर्यटन व्यवसायीका समस्या निराकरण हुनै बताउंदै उनीहरुले उज्यालो शहरको रुपमा विकास गर्न माग गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका लुम्बिनी प्रदेशका प्रमुख लिलाबहादुर बानियाले आन्तरिक रुपमा पर्यटनलाई व्यवस्थापन गर्न सकिएमा राज्यलाई फाइदा हुने र पर्यटन व्यवसायीको व्यवसायमा सुधार आउने बताउनुभयो ।
उहाँले पर्यटन क्षेत्रको विकासका लागि विकेन्द्रिकण हुनुपर्ने र पर्यटन प्रवद्र्वनमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।
उहांले यस क्षेत्रको पर्यटनलाई विकास र व्यवस्थितका लागि आगामी असोजदेखि नेपाल पर्यटन बोर्डको लुम्बिनी प्रदेश कार्यालय स्थापना गरिने जानकारी गराउनुभयो ।
संस्कृति तथा पर्यटन मन्त्रालयमा रहेको ३० करोड वजेट यसै क्षेत्रको पर्यटनको विकासका लागि ल्याउनका लागि पहल भैरहेकोसमेत उहाँले जानकारी गराउनुभयो ।
नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारीले पर्यटन व्यवसायीका समस्याप्रति राज्यसंग पहल गरेर व्यवसायीलाई सेवासुविधा उपलब्ध गराउने प्रतिवद्वता जनाउनुभयो ।
कोरोनाका कारण नेपाल– भारतको सीमा पूर्णरुपमा सुचारु नहुदाँ पर्यटन व्यवसायी मारमा परेको बताउंदै आन्तरिक पर्यटनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले रुपन्देहीमा आउने आन्तरिक र बाह्य पर्यटकलाई बसाल्न सक्ने गरी व्यवसायलाई स्तरवृद्धिगर्न माग गर्नु भयोे ।
होटल तथा रेष्टेरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जिसीले पर्यटन व्यवसाय सेवामूलक व्यवसाय भएकाले रातिमा पनि व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताउनुभयो । कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, प्रदेश सदस्य रामप्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, प्रथम उपाध्यक्ष बावुराम गौतम द्वितिय उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव माधवकुमार खनाल, सचिव मोहन पाण्डे, खुमानन्द गिरी प्रेस सल्लाहकार यमलाल भुसाल लगायतले पर्यटन व्यवसायीको संरक्षण र लगानी सुरक्षाका लागि सरकारले आन्तरिक पर्यटक विस्तार गर्ने योजना ल्याउन माग गर्नु भयो ।

≪ Previous Post

ढुवानी व्यवसायीमा हमालको नेतृत्वमा नयाँ समिति चयन

Next Post ≫

रुपन्देहीको तिलोत्तमाले ३२५५ दुग्ध उत्पादक किसानलाई करिव ४६ लाख अनुदान प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क