Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ढुवानी व्यवसायीमा हमालको नेतृत्वमा नयाँ समिति चयन
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ढुवानी व्यवसायीमा हमालको नेतृत्वमा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · ६ माघ २०७७ · 0
ढुवानी व्यवसायीमा हमालको नेतृत्वमा नयाँ समिति चयन
70
SHARES
ShareTweet

बुटवल, ६ माघ । ढुवानी व्यवसायी समिति, रुपन्देहीको १५ औं बार्षिक साधारणसभा तथा ७ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले श्यामराज हमालको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा अनिल श्रेष्ठ, प्रथम उपाध्यक्षमा रामकाजी केसी, द्वितीय उपाध्यक्षमा ज्ञानेन्द्र प्रसाद श्रेष्ठ, महासचिवमा रामप्रसाद गैरे(विष्णु), सचिवमा गोविन्द श्रेष्ठ तथा कोषाध्यक्षमा शंकर लम्साल चयन हुनु भएको छ । यसैगरि सदस्यहरुमा माधव प्रसाद आर्चाय, उज्वल केसी, रामनारायण ठाकुर र कमलराज ढुंगाना निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशवराज पोखरेलले जानकारी दिनुभयो ।
नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले समितिको सल्लाहकार र सदस्यहरु मनोनित गरेको छ । महासचिव रामप्रसाद गैरेका अनुसार बैठकले सल्लाहकारमा माधव नेपाल, लोकराज पोखरेल, रामकृष्ण लोहनी र जीतबहादुर भाटलाई चयन गरेको छ भने विकास आचार्यलाई कार्यसमिति सदस्यमा मनोनित बनाएको छ ।
नवनिर्वाचित अध्यक्ष श्यामराज हमालले आफुले संस्था र व्यवसायीहरुको हितमा इमान्दार भई काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
यस अधि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै समितिका संस्थापक अध्यक्ष हुतासन रेग्मीले ढुवान्ी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन व्यवसायीहरुको एकतामा जोड दिनु भएको थियो । उहांले ढुवानी व्यवसायलाई राज्यले अन्य व्यवसायसंग जोडेर हेरिदिदा समस्याहरु ओझेलमा परेको हुदा त्यसलाई चिर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष तथा ढुवानी समितिका सल्लाहाकार लोकराज पोखरेलले ढुवानी सेवामा सरकारले लगाएको भ्याट खारेज गर्न आग्रह गर्दै ढुवानी व्यवसायलाई संसक्त बनाउन जरुरी रहेको बताउनु भयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भाटले ट्रक व्यवसायी र ढुवानी व्यवसायी एकअर्काका परिपुरक रहेका कारण समस्या समाधान गर्न एक भएर अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो ।
समितिका निर्वतमान अध्यक्ष माधव नेपालले व्यवसायी व्यवसायीहरुवीचको अस्वस्थ प्रतिस्पर्धाले सबैभन्दाबढी ब्यवसायीलाई नै मर्का परेको तर्फ सचेत बन्न सबै व्यवसायीहरुलाई आग्रह गर्दै विगतका कामहरुलाई अगाढी बढाउन सुझाव दिनु भयो ।
कार्यक्रममा समितिका अध्यक्ष कमल घिमिरेले कोरोना सँक्रमणको महामारीले ढुवानी व्यवसायीहरुले व्यहोर्नु परेको आर्थिक नोक्सानमा राज्यकातर्फबाट राहतको ठोस प्याकेज पाउन नसकेको उल्लेख गर्दै आगामी दिनमा दीर्घकालीन योजना तथा रणनीति अघि सारेर जानु जरुरी भएको बताउनु भयो ।
कार्यक्रममा महासचिव रामप्रसाद गैरेले समितिको मेघा प्रोजेक्टका रुपमा अगाडी सारिएको ट्रान्सर्पोट नगर निमार्ण गर्ने काम अगाडी बढेको बताउदै बुटवल उप–महानगरपालिकासंगको सहकार्यमा व्यवसायीहरुको सक्रियतामा कम्पनी निमार्ण गरि उपमहानगरपालिका वडा नंं १२ मा ट्रन्सपोर्ट नगरको निमार्ण अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो ।
उद्घानन सत्र समितिका अध्यक्ष कमल घिमिरेको अध्यक्षता, महासचिव रामप्रसाद गैरेको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष श्यामराज हमालको स्वागतमा भएको थियो ।
अधिवेशनको बन्दसत्रमा प्रस्तुत महासचिव रामप्रसाद गैरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन छलफल पश्चात पारित गरिएको थियो ।

≪ Previous Post

पद र सत्ता स्वार्थका काराण संसद विघटन : चित्रबहादुर

Next Post ≫

पर्यटन व्यवसायीले सरकारले उपलब्ध गराउने पुर्नर कर्जा पहुंचवालामा सिमित भएको गुनासो गरे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क