Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पद र सत्ता स्वार्थका काराण संसद विघटन : चित्रबहादुर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पद र सत्ता स्वार्थका काराण संसद विघटन : चित्रबहादुर

संसारपोस्ट संवाददाता · ६ माघ २०७७ · 0
पद र सत्ता स्वार्थका काराण  संसद विघटन : चित्रबहादुर
100
SHARES
ShareTweet

बुटवल, ६ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन भएसंगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढेको बताउनुभएको छ । उहांले भारत, अमेरिका र युरोपियन युनियनको चलखेल बढेको दावी गर्नुभयो । अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हितविपरित रहेको उल्लेख गर्दै उहांले पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दावी गर्नुभयो । राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष केसीले सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताउनुभयो ।
ओली र प्रचण्डको स्वार्थ पुरा नहुंदा देश दुर्घटनातर्फ उन्मुख भएको बताउनुभयो । उहांले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरित भएको उल्लेख गर्दै उनीहरु जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण विभाजित भएको टिप्पणि गर्नुभयो । सिद्धान्त, नीति र विचारका आधारमा एकता नभएकाले छोटो समयमा नै नेकपामा विवाद आएको हो उल्लेख गर्नुभयो । उहांले सर्वोच्च अदालत समेत निष्पक्ष हुन नसक्नु दुखद पक्ष भएको भन्दै संवैधानिक इजलास गठन गर्नुनै नीतिगत कमजोरी भएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता केसीले संविधान बनाउंदा नीतिगत बदमासी भएकाले ति बदमासीका कारण अहिले देशले सुमस्या भोग्नु परेको तर्क गर्नुभयो । हाल सम्मका उपलव्धीहरुको रक्षागर्नु प्रमुख दायित्व भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता असफल सिद्व भैसकेको बताउंदै हिजो संघीयता ल्याउन मरिहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिड्न थालेको भन्दै व्यङ्ग्य गर्नुभयो । बामपन्थी नेता सुरेश थापाले अहिलेको संविधान, व्यवस्था र सरकारले जनताको पक्षमा कामगर्न नसक्ने बताउनुभयो । जनतका माग पुरा गर्नका लागि जनवादी गणतन्त्र व्यवस्था स्थापना गर्नुपर्ने र त्यसका लागि अहिलेको प्रगतिशील संविधानलाई टेकेर जनवादी क्रान्तिको बाटोबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । बामपन्थी बुद्धिजिवी दुर्गानाथ खरेलले प्रधानमन्त्री ओलीको संसद विघटन अधिकायकवादी कदम भएको उल्लेख गर्र्दै ओलीको कदमले देशमा अधिनायकबादी व्यवस्था आउन सक्ने भएकाले जनतलाई सचेत गराउनुपर्ने बताउनुभयो । उहांले कांगे्रस पुरानो कम्युनिष्ट बिरोधी शक्ति भएकाले कांगे्रसका बिरुद्व कम्युनिष्ट एकता आजको आवश्यक्ता हो भन्नुभयो । राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र नेत्र आचार्यको सञ्चालनमा भएको कार्यक्रममा नेकपा मसाल रुपन्देही प्रवक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसी, चेतनाथ आचार्य लगायतले बोल्नुभएको थियो । सरकारको असंवैधानिक कदम, संघीयता बिरुद्व र राष्ट्रियता, धर्मनिरपेक्षताको पक्षमा राष्ट्रिय जनमोर्चाले एक महिने अभियान सञ्चालन गरेको छ ।

≪ Previous Post

तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास

Next Post ≫

ढुवानी व्यवसायीमा हमालको नेतृत्वमा नयाँ समिति चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क