Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास

संसारपोस्ट संवाददाता · ६ माघ २०७७ · 0
तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास
60
SHARES
ShareTweet

क्षेत्राधिकार ५२ फुट कायम, ३४ करोड लागत अनुमान
तिलोत्तमा, ६ माघ । तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको शिलन्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले वडा नं. १३ को तीनधुरेमा शिलन्यास गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाद्वारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर छ । नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकको रुपमा परिचित यो सडक विस्तार कार्यको लागत ३४ करोड अनुमान गरिएको छ ।
स्थानीय जनप्रतिनिधिहरुको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक वहुवर्षीय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नं. १३ र १४ को विकाशमा महत्वपूर्ण टेवा पुर्याउने यो सडक निर्माणलाई तिनै तहका जनप्रतिनिधिहरुले विशेष महत्व दिँदै आएका छन् ।
शिलन्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले सडक निर्माणमा स्थानीय जनप्रतिनिधिहरुले देखाएको तत्परताको प्रशंसा गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । डिपिआर निर्माणको क्रममा रहेको बताउँदै उहाँले सडकको क्षेत्राधिकार पूर्णतः क्लियर गराउन नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । जग्गाको सुनिश्चितता गराउने जिम्मेवारी नगरपालिकाको भएको बताउँदै उहाँले सडक निर्माणमा मुअब्जा दिने प्रदेश सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो ।
प्रादेशिक बसपार्क निर्माणभन्दा पहिले त्यहाँसम्म पुग्ने पहुँच मार्ग निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताउँदै मन्त्री चौधरीले सडक सञ्जालको विस्तारले बसपार्कको औचित्यलाई आफैं पुष्टि गराउने बताउनुभयो । बेलबास—बेथरी सडक, तिनाउ करिडोर, पत्थारडाँडा—तिनाउ सडकलगायतका सडक सञ्जाल निर्माणसँगै बसपार्कको कामलाई अघि बढाउन उपयूक्र्त हुने उहाँको भनाइ छ । सोही कार्यक्रममा प्रदेश सांसदहरु तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको बताउँदै सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहने बताउनुभयो ।
तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले सडक विस्तार कार्यमा आ—आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो । वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपाने र वडा नं. १४ का वडाध्यक्ष सोहन चौधरीले स्थानीय समाजसेवी, अगुवा, टोल विकास संस्थाका पदाधिकारीलगायत सबैको सहयोगले सडकको क्षेत्राधिकार कायम गर्न सम्भव भएको बताउनुभयो ।
नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालन, वडा नं. १४ का वडाध्यक्ष सोहन चौधरीको अध्यक्षता तथा वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपानेको स्वागतमा कार्यक्रम भएको हो ।

≪ Previous Post

लुम्बिनी प्रदेश ट्राफिकद्धारा ट्रिप्परलाई पुन ः टाइम कार्ड लागू, दूर्घटना बढदो मृत्यु संख्या घटदो

Next Post ≫

पद र सत्ता स्वार्थका काराण संसद विघटन : चित्रबहादुर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क