Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लुम्बिनी प्रदेश ट्राफिकद्धारा ट्रिप्परलाई पुन ः टाइम कार्ड लागू, दूर्घटना बढदो मृत्यु संख्या घटदो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश ट्राफिकद्धारा ट्रिप्परलाई पुन ः टाइम कार्ड लागू, दूर्घटना बढदो मृत्यु संख्या घटदो

संसारपोस्ट संवाददाता · ५ माघ २०७७ · 0
लुम्बिनी प्रदेश ट्राफिकद्धारा ट्रिप्परलाई पुन ः टाइम कार्ड लागू,  दूर्घटना बढदो मृत्यु संख्या घटदो
150
SHARES
ShareTweet

बुटवल,५ माघ
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि पुन ः टाइम कार्ड लागू गर्ने भएको छ ।
पाल्पाको दोभानदेखि बुटवलको धागो कारखाना, धागो कारखाना रामनगरदेखि सुनवल तथा दोभानदेखि भैरहवा अंञ्चलपुरसम्म टिपरका लागि पुन ः टाइम कार्ड लागू गरेको हो । टाइम कार्ड लागूभएपछि दोभानदेखि धागोकारखाना रामनगरसम्मको ११ किलोमिटर दुरी प्रतिघण्टा २० किलोमिटरको गतीमा ३३ मिनेट समयमा पुग्नु पर्ने छ ।
यसैगरी धागो कारखानादेखि सुनवलसम्मको २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतीमा ४६ मिनेट तथा दोभानदेखि भैरहवा अंञ्चलपुरसम्मको २८ किलोमिटर दुरीका लागि प्रतिघण्टा ३० किलोमिटरको गतीमा ५६ मिनेटको समय तोकिएको छ ।
यस क्षेत्रमा सञ्चालनमा रहेका टिपरले अनिवार्य रुपमा टाइमकार्ड प्रयोग गरी चेक प्वाइन्टहरुमा देखाउनु पर्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सोमबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी टाइम कार्ड र ट्राफिक प्रहरीका अन्य गतिबिधिबारे जानकारी गराएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक डम्मर बहादुर बि.क.ले टाइम कार्ड लागू भएसँगै दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । टाइमकार्ड लागूसँगै ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि बुटवल–भैरहवा लगायतका सडकमा सवारीका साधनहरुको लेन प्रयोग सम्बन्धि सचेतना अभियान सञ्चालन गरिने प्रहरी उपरीक्षक बिकले जानकारी दिनुभयो ।
यसअघि प्रहरी उपरीक्षक मधुसुदन लुइटेलको कार्यकालमा लागु भएको टाइमकार्ड कोरोना संक्रमणको जोखिमका कारण भएको लकडाउनसँगै निस्क्रिय भएको टाइमकार्ड पुन सुरु गर्न लागिएको हो ।
ओभरलोड बोक्ने टिपर तथा भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई कारबाही नगरिएको बिषयमा पत्रकारहरुले राखेको जिज्ञासमा प्रहरी उपरीक्षक बिकले ओभरलोड बोक्नेलाई जरिवाना तिराउनेबाहेक ट्राफिक प्रहरीलाई अरु अधिकार नभएको प्रतिक्रिया दिनुभयो ।
टाइमकार्ड सँगै ६ लेन सडकमा यात्रुबाहक सवारी साधन तथा मालवहाक सवारी साधनहरुले आफ्नो गतीअनुसार प्रयोग गर्ने लेनका बारेमा प्रयोग गर्न सिकाइने उहाँले बताउनुभयो । विभिन्न ठाउँमा सडकको प्रयोग तथा नियम बारे भिडियो तथा होर्डिङ बोर्डहरु राखी सचेतना फैलाउनुका साथै नियम विपरित जानेलाई कारबाही गरिने वि.क.को भनाई रहेको छ । यसैबीच लुम्बिनी प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा सवारी दुर्घटनामा वृद्धि भएको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको साउन देखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५६६ सवारी दुर्घटना भएकोमा चालु आर्थिक वर्षको साउन देखि पुस मसान्तसम्म ६३७ दुर्घटना भएका छन् । यो संख्या अघिल्लो वर्षको अवधिको भन्दा १२ दशमलव ५४ प्रतिशतले बढी हो । प्रदेशमा गत वर्षको अघिल्लो ६ महिनामा २७६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएकोमा चालु वर्षको ६ महिनामा २५६ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा जनाइएको छ ।
ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार सडक दुर्घटनामा परी गत वर्षको अघिल्लो ६ महिनामा ८८१ जना घाइते भएकोमा चालु वर्षको पछिल्लो ६ महिनाको अवधिमा ९२४ जना घाइते भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ४ दशमलव ८८ प्रतिशतले बढी हो ।

≪ Previous Post

उर्जा मन्त्री रायमाझीलार्ई रुपन्देही उद्योग संघले विद्युतका समस्या बारे ज्ञापनपत्र

Next Post ≫

तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क