Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ उर्जा मन्त्री रायमाझीलार्ई रुपन्देही उद्योग संघले विद्युतका समस्या बारे ज्ञापनपत्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उर्जा मन्त्री रायमाझीलार्ई रुपन्देही उद्योग संघले विद्युतका समस्या बारे ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · ५ माघ २०७७ · 0
उर्जा मन्त्री रायमाझीलार्ई रुपन्देही उद्योग संघले विद्युतका समस्या बारे ज्ञापनपत्र
100
SHARES
ShareTweet

बु्टवल ५ माघ
रुपन्देही उद्योग संघले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीलाई उद्योगीका समस्याहरु सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देहीका उद्योगीहरुले ट्रंक लाइन विलिङ समस्याले चिन्तित बनेका,े विद्युत प्रशारणमा गुणस्तर घटेको तथा पौषदेखि चैत्रसम्मको अफ आवर सुविधा उपलब्ध नगराएको लगायतका समस्याहरु उठान गरी ज्ञापन पत्र बुझाउनु भएको हो ।
उहाँले सो अवसरमा बोल्नुहुँदै उत्पादन क्षेत्रमा डिमाण्ड शुल्क सधैका लागि खारेज गर्न र महसुलमा समेत छुट र सहुलियत उपलब्ध गराउनु पर्नेमा समेत विशेष जोड दिनुभएको थियो ।
सो अवसरमा बोल्नुहुँदै संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले ट्रंकलाइन विलिङ्ग समस्यामा परेका उद्योगीहरुको समस्या विगत लामो समयदेखि निरन्तर उठान गर्दा समेत समाधान हुन नसक्दा उद्योगीहरु अन्यौलमा परेको बताउनु भएको थियो । सोही क्रममा बोल्नुहुँदै उद्योगी चन्द्रमान श्रेष्ठले विद्युत प्राधिकरणले भार व्यवस्थापनको क्रममा एकलौटी ढंगबाट ट्रंकलाइनमा परेको भन्दै उद्योगहरुबाट करोडौं रकम असुली गर्न खोजिनु उद्योगीहरु माथी अन्याय भएको बताउनु भएको थियो ।
ज्ञापन पत्र बुझ्नुहुँदै मन्त्री रायमाझीले उद्योगीहरुले उठान गरेको विषयहरु उपर आफु गम्भिर रहेको र समस्या समाधानका लागि आफ्नो तर्फबाट तत्काल छलफल र पहलको थालनी गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले विद्युत आपुर्ति बढ्दै गइरहेकोले औद्योगिक क्षेत्रलाई प्रशस्त आपुर्ति गर्न सकिने बताउनुहुँदै लगानी वृद्धि गर्न समेत उद्योगीहरुलाई आग्रह गर्नु भएको थियो ।
सोही क्रममा सरकारले बजेट भाषण मार्फत लकडाउन अवधीको डिमाण्ड शुल्क शत प्रतिशत छुट र महशुलमा सहुलियत दिने घोषणाको कार्यान्वयनका लागि संघले पटक पटक आग्रह गर्दै आएको र आईतवार मात्रै सो सम्बन्धमा अर्थमन्त्रालयले छुट दिने निर्णय गरेको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघका पदाधिकारी एवं उद्योगीहरुको सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्समा वाबुलाल भुसालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन

Next Post ≫

लुम्बिनी प्रदेश ट्राफिकद्धारा ट्रिप्परलाई पुन ः टाइम कार्ड लागू, दूर्घटना बढदो मृत्यु संख्या घटदो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क