Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्समा वाबुलाल भुसालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्समा वाबुलाल भुसालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन

संसारपोस्ट संवाददाता · ५ माघ २०७७ · 0
रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्समा वाबुलाल भुसालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन
130
SHARES
ShareTweet

बुटवल, ५ माघ
रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्समा वाबुलाल भुसालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन भएको छ ।
यही माघ १० गते हुन गईरहेको संघको तेश्रो अधिवेशनको लागि तय गरिएको निर्वाचन कार्यतालिका अनुसार अध्यक्ष लगायतका सबै पदाधिकारीमा एकएक जना र सदस्यहरुमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परेपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा भने अधिवेशन पछि नै गर्ने जनाएको छ । निर्वाचन समितिका संयोजक कृष्ण नेपालका अनुसार आगामी कार्यकालको लागि संघको अध्यक्षमा बाबुलाल भुसालको मात्र उम्मेदवारी परेको छ ।
त्यस्तै प्रथम उपाध्यक्षमा रामचन्द्र पाण्डेय द्धितिय उपाध्यक्षमा नेत्रप्रसाद न्यौपाने, महासचिवमा पुनः विष्णु बहादुर बराल क्षेत्री, कोषाध्यक्षमा बाबुराम कंडेल र सचिवमा मान बहादुर बर्माको मात्रै उम्मेदवारी परेको छ ।
त्यस्तै निर्वाचित हुने १७ जना कार्यसमिति सदस्य पदमा पनि १७ जना र एकजना लेखासमिती संयोजक र दुईजना लेखासमिति सदस्यमा मात्र उम्मेदवारी परेको छ ।
जसअनुसार कार्यसमिति सदस्यमा शित्तल ज्ञवाली, दिलमायां पुन, सुना थापा, बबीकुमारी भट्टराई, चेतनारायण विश्वकर्मा, तारा प्रसाद नेपाल, कृष्णप्रसाद भट्टराई, धातानन्द पाण्डे, रामु भण्डारी, कमल प्रसाद शर्मा कंडेल, दिपक शर्मा भुर्तेल, पेउ नारायण भुसाल, पशुपती भण्डारी, समुन्द्र श्रेष्ठ, भगवती कुमारी पाण्डे, केशव प्रसाद भुसाल र तेज प्रसाद पाण्डेको गरि १७ जनाको मात्रै उम्मेदवारी परेको छ ।
त्यसैगरि चन्द्रकान्त भण्डारीको संयोजकत्वमा ढालानन्द चालिसे र चुणामणी सुवेदी सदस्य गरि तिन सदस्यीय लेखासमिति पनि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
चेम्बरका अध्यक्ष जेपी कंडेलले विगत सातवर्षदेखि संघको कार्यसमितिमा रही जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरु समेत नेतृत्वमा जान ईच्छुक भएपनि सबैलाई मिलाएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सकिएको बताउनुभयो ।
संघको सातौं साधारणसभा तथा तेश्रो अधिवेशन आगामी १० गतेका लागि तय गरिएको अध्यक्ष कंडेलले बताउनुभयो ।

≪ Previous Post

नदी किनारको सभ्यता र जलचर प्राणीको अस्तित्व जोगाउन तिनाउ नदी सरसफाइ अभियान सुरु

Next Post ≫

उर्जा मन्त्री रायमाझीलार्ई रुपन्देही उद्योग संघले विद्युतका समस्या बारे ज्ञापनपत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क