Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नदी किनारको सभ्यता र जलचर प्राणीको अस्तित्व जोगाउन तिनाउ नदी सरसफाइ अभियान सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नदी किनारको सभ्यता र जलचर प्राणीको अस्तित्व जोगाउन तिनाउ नदी सरसफाइ अभियान सुरु

संसारपोस्ट संवाददाता · ५ माघ २०७७ · 0
नदी किनारको सभ्यता र जलचर प्राणीको अस्तित्व जोगाउन तिनाउ नदी सरसफाइ अभियान सुरु
130
SHARES
ShareTweet

बुटवल ५ माघ
लुम्बिनी प्रदेशको मुख्य नदी तिनाउ नदीको नदीकिनारको सभ्यता र जलचर प्राणीको अस्तित्व जोगाउन तिनाउ नदी सरसफाइ अभियान सुरु गरिएको छ ।
आदीमानव रामापिथेकसको बङ्गारा भेटिएको नदीकिनारको सभ्यता जोगाउने र नदीलाई नियमित सरसफाइ गरि जलचर प्राणीको अस्तित्व जोगाउन अभियानको उद्देस्य रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि मानवाधिकार तथा शान्ती समाज नेपालका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले नदीको सभ्यतासंग मानवीय विकासको सभ्यता जोडिएकोले बड्दो प्रदुषणले यसलाई प्रत्यक्ष असर पार्ने हुँदा नदीहरुलाई सरसफाइ राख्न जरुरी रहेको बताउनु भयो । उहाँले विश्वभर प्रदुषण बढीरहेको र यस्ले तापक्रम वृद्धि भई कतिपय जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको लोप भएको तर्फ जोड दिदै तापमान घटाउन राज्यले वातावरणमैत्री कार्यक्रमहरु गर्नुपर्ने बताउनु भयो ।
नेपाल प्राद्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष क्याप्टेन रमेश बहादुर केसी लगायतले बाग्मती नदीलाई जस्तै तिनाउ नदीलाई पनि स्वच्छ बनाउनको लागि सबै मानिसहरु लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जलचर प्राणीहरुको बाच्न पाउने अधिकार स्थापित गर्न र तिनाउ नदीको स्वच्छता र सुन्दरताका लागि अभियान संचालन गरिएको कार्यक्रमका संयोजक वुमन केयरका अध्यक्ष रिता केसीले बताउनु भयो ।
नदीजन्य प्राणीहरुको स्वच्छतापूर्वक बाच्न पाउने अधिकार सगै नदीलाई बिनाहस्तक्षेप बग्न र स्वच्छ बनाउन यो अभियान चलाईएको र अभियान निरन्तर चल्ने मानवअधिकार तथा शान्ती समाजका रुपन्देही अध्यक्ष एवं कार्यक्रमका सहसयोजक डिपी खनालले जानकारी दिनु भयो ।
नदी सरसफाइ अभियानमा मानवअधिकार तथा शान्ती समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानीज क्लब बुटवल, घरघरमा हामी, इनरविल मिटटाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटल लगायतका संस्थाहरुले सहकार्य गरेका छन् ।

≪ Previous Post

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १६ औं साधारण सभा सुस्तामा

Next Post ≫

रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्समा वाबुलाल भुसालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क