Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १६ औं साधारण सभा सुस्तामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १६ औं साधारण सभा सुस्तामा

संसारपोस्ट संवाददाता · ४ माघ २०७७ · 0
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १६ औं साधारण सभा सुस्तामा
90
SHARES
ShareTweet

पेट्रोल भण्डारण क्षमता विस्तारको काम अन्तिम चरणमा : निगम प्रमुख आचार्य
नवलपरासी, ४ माघ । चार चरणमा १६ औं बार्षिक साधारण सभाको तयारी गरेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको पहिलो चरणको साधारण सभा नवलपरासीको सुस्तामा सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सबै ब्यवसायीलाई एकै ठाउंमा भेला गरी साधारण सभा गर्न सम्भव नभएकाले सबैक्षेत्रका ब्यवसायीहरुलाई पायक पर्ने गरी चार चरणमा साधारण सभाको तयारी गरिएको एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले जानकारी गराउनु भयो ।
नवलपरासीको सुस्तामा नारायणी नदीमा डुंगा शयर गर्दै गरिएको पहिलो चरणको साधारण सभाको उद्घाटन गर्दै नेपाल आयल निगम लुम्विनी प्रदेश भलवारी रुपन्देहीका प्रमुख प्रलयंकर आचार्यले नियतवस ब्यवसायीलाई दुःख दिने काम निगमवाट नहुने बताउनु भयो । आपुर्ति ब्यवस्थालाई सहज वनाउंदै समयमै पेट्रोलियम पदार्थ सम्वन्धित ठाउँमा पुर्याउने प्रयाशमा लागिपरेको वताउंदै प्रमुख आचार्यले पेट्रोल भण्डारण क्षमता विस्तारको काम अन्तिम चरणका पुगेको वताउनु भयो । ट्याँकरमा इन्धनको मात्रा घटी हुनेगरेको भन्ने ब्यवसायीहरुले गरेको गुनासोलाई सम्वोधन गर्दै उहांले भारतमा क्यलिब्रेसन गरिएका ट्याँकरहरुको चेकजांचमा कडाई गरिएको वताउनु भयो ।
साधारण सभामा एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले एशोसिएसनको पहलमा ब्यवसायीहरुले पाउने क्षतिपुर्तिमा बृद्धि भएको, अनलाईन भौचर कार्यान्वयनमा आएको र ब्यवसायीहरुका धेरै मागहरु निगमवाट सम्वोधन भएको वताउनु भयो । ट्याँकरमा गरिएको लकिङ्ग प्रणलीमा कडाई गरिएपछि इन्धनमा हुने लसको मात्रा घटेको भन्दै उहांले लकिङ्गमा थप कडाई गर्न आग्रह गर्नुभयो । पछिल्लो समय ब्यवसायीहरुले इन्धनका लागि कुनै गुनासो गर्नु नपरेको र कुनै ब्यवसायी कारवाहीमा नपर्नु सुखद कुरा भएको वताउनु भयो ।
साधारण सभामा एशोसिएसनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरे, संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, सल्लाहकार विरेन्द्र यादव, प्रेस सल्लाहकार खिमानन्द भट्टराई, नवलपरासी जिल्ला प्रतिनिधि राजेश कुमार गुप्तालगायतले बैंक ग्यारेण्टीका आधारमा ब्यवसायीहरुलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्ने माग गर्दै धरौटीमा ब्याजको ब्यवस्था र कमिशन बृद्धि गर्नुपने माग गर्नुभयो ।
साधारण सभाले नेपाल आयल निगमको विनियमलाई शंसोधन गरी ब्यवसायी मैत्री वनाउन माग गर्दै कोभिड–१९ का कारण एशोििसएसनको अबिधेशन गर्न नसकिएकोले कार्यसमितिको पदवधी एक वर्ष थप गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै महासचिव हरिराम कशौधनले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विशाल गरैले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित वजेट सहितको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।
एशोसिएसनले लुम्विनी प्रदेशका ६ जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची तथा गण्डकी प्रदेशका स्याङ्गजा र वाग्लुुङ सहित ८ जिल्लाका ३११ पेट्रोलपम्पहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेको छ । एशोसिएशनले दोस्रो चरणको साधारण सभा माघ १० गते शनिवार कपिलवस्तुमा, तेस्रो माघ १७ गते शनिवार रुपन्देही र चौथो चरणको साधारण सभा माघ २४ गते पहाडी जिल्लालाई समेटेर स्याङ्जामा गर्ने महासचिव हरिराम कशौधनले जानकारी गराउनु भयो ।

≪ Previous Post

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

Next Post ≫

नदी किनारको सभ्यता र जलचर प्राणीको अस्तित्व जोगाउन तिनाउ नदी सरसफाइ अभियान सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क