Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु
चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई

चौथो खुला लनटेनिसको उपाधी रितिक...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
रुपन्देही सुपरलिग : जीआरलाई सफलता

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

संसारपोस्ट संवाददाता · २ माघ २०७७ · 0
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु
80
SHARES
ShareTweet

कमल चौधरी
कपिलवस्तु, २ माघ । कपिलवस्तुको बाणगंगामा बाणगंगा नगर स्तरिय तेस्रो माघी महोत्सव आज देखि सुरु भएको छ । “हम्मनके भाषा, भेषभुषा आउर संस्कृति राष्ट्रके शान, संरक्षण सम्बद्र्धन आवर प्रवद्र्धन कइना हम्मनके अभियान” भन्ने मुल नाराका साथ महोत्सवको अयोजना गरिएको हो ।
माघी महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि बाणगंगा नगर प्रमुख मंगलप्रसाद थारुले थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणको लागि माघी पर्वले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले माघी पर्व थारु समुदायको नयाँ बर्ष अनि ऐतिहासिक एकताको पर्व समेत रहेको बताउनुभयो । नगर प्रमुख थारुले थारु समुदायलाई कोरोना (कोभिड–१९)ले पनि एक जुट हुन सिकाएको भन्दै प्रत्येक वडा वडामा हुने माघी महोत्सव यस बर्ष एउटै मञ्चमा हुनु धेरै राम्रो भएको बताउनुभयो । लोप हुन लागेको हाम्रो भेष, भुषा, धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै प्रत्येक बर्ष नगर स्तरिय माघी महोत्सवलाई निरन्तर दिदै जानुपर्ने धारणा समेत राख्नुभयो । त्यस्तै नगर प्रमुख थारुले कपिलबस्तुको राजापानीमा आफुहरुले एउटा नेपाल कै नमुना थारु संस्कृति झल्किने राजापानी थारु संग्रहालय निर्माण गर्न लागेको बताउनुभयो ।
संग्राहालयको डिपिआर तयार भैसकेको र निर्माणको लागि आफुहरु लागि परेको बताउंदै उहांले यस राजापानी थारु संग्राहालय थारु समुदायको मात्र नभएर यस क्षेत्रको समग्र विकासको लागि टेवा पुग्नुका साथै स्थानीय समुदायको आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य अतहर कमालले तराईका धर्तिपुत्र थारु समुदायले माघी पर्वलाई मनाउँदै गर्दा राजनैतिक अधिकारलाई भुल्न नहुनेमा जोड दिनुभयो । धेरै संघर्ष पछि आज हामीले खुलेर सांस्कृतिक पर्व मनाउन पाएका छौं भन्दै अब उत्पीडित जातजाति, समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि आफुहरु राजनीतिक अधिकारको लागि लाड्नुपर्नेमा उहांले जोड दिनुभयो ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले थारु समुदाय एक जुट भएर अधिकार र पहिचानको लागि लड्नुपर्नेमा जोड दिनुभयो । उहाँले थारु समुदायमा देखिएका पुराना रुढिवादी परम्पराहरुलाई निर्मुल गर्दै अगाडी वढ्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा नागरिक समाज कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछाई, हेमराज मावि हथौसाका प्रध्यापक तुल्सीराम यादव, वडा अध्यक्ष सोमनाथ अर्याल लगायतले माघीको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम माघी महोत्सव मूल संयोजक एंव थारु कल्याणकारिणी सभाका नगर अध्यक्ष भग्गु प्रसाद थारुको अध्यक्षता तथा थारु पत्रकार संघ नेपालका सदस्य द्वय श्याम सि.टि र सिमा चौधरीको संचालनमा भएको थियो ।
माघ २ देखि ४ गते सम्म चल्ने माघी महोत्सवको पहिलो दिन माघी महोत्सव स्थल हथौसामा रक्तदान कार्यक्रम गरिएको थियो । थारु समुदायमा भाषा, धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने मात्र नभएर नेपाली समाजमा सकारात्मक सन्देश दिने उद्देश्ले रक्तदान कार्यक्रम गरिएको थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले बताउनुभयो । रक्तदानमा ३८ पोइन्ट रगत संकलन भएको थियो । यस्तै थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिएको थियो । महोत्सवमा भोलीदेखि थारु संस्कृति झल्कने झुमरा, झर्रा, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने आयोजकले जनाएको छ । महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारको समेत प्रस्तुति रहने संस्कृति व्यवस्थापन समितिका संयोजक ऋषिराम थारुले बताउनुभयो ।

≪ Previous Post

संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

Next Post ≫

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १६ औं साधारण सभा सुस्तामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क