Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वनलाई आयश्रोतको बलियो माध्यम बनाऔ ःमन्त्री गिरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वनलाई आयश्रोतको बलियो माध्यम बनाऔ ःमन्त्री गिरी

संसारपोस्ट संवाददाता · ७ माघ २०७७ · 0
वनलाई आयश्रोतको बलियो माध्यम बनाऔ  ःमन्त्री गिरी
80
SHARES
ShareTweet

बुटवल ७ माघ
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले समुदायिक वनको संरक्षण र विकास गर्दै वनलाई आयश्रोतको बलियो माध्यम बनाउनु पर्ने बताउनु भएको छ ।
रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ को २० औं साधारण सभामा बुधबार मन्त्री गिरीले वन जस्तो प्राकृतिक सम्पदाबाट प्राप्त हुने आयश्रोतलाई वर्गीय हिसावले तल परेका समुदायको आर्थिक समुन्नतिका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
वनलाई पर्यापर्यटनसंँग जोड्दै अन्य आयआर्जनका कार्यक्रमहरु गर्न सकिने बताउदै मन्त्री गिरीले वनको विकास र यसबाट हुने आयश्रोतको सही सदुपयोग गर्ने सम्बन्धमा पछिल्लो समय जुंँगाको लडाइ देखिएको भन्दै मन्त्री गिरीले सरकार, सम्बन्धित निकाय तथा उपभोक्ताहरु सबैले विधि विधानमा टेकेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
सामुदायिक वनभित्र निर्माण गरिने पर्यटकीय या अन्य संरचनाहरु तथा तिनको संचालनका लागि बन्ने समितिहरु वन समिति अन्तर्गत नै रहनुपर्नेमा मन्त्री गरीले जोड दिनु भयो ।
सामुदायिक वनमा पर्या पर्यटनको प्रचुर सम्भावना रहेकाले चिडियाखाना र वनस्पति उद्यान निर्माण गर्न सकिने भन्दै मन्त्री गिरीले प्रदेश सरकारले बजेटमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयोे ।
डिभिजन वन कार्यलय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले सामुदायिक वनमा छाडा गाइवस्तु राख्नका लागि बनाइएको गौशालाको औचित्य पुष्टि गर्नुपर्ने भन्दै छाडा गाइवस्तु नियन्त्रणको दायित्व स्थानीय सरकारको भएको बताउनु भयो ।
वन उपभोक्ता समितिका अध्यक्ष राम गिरीले समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वनलाई नागरिकको समृद्धिसँग जोड्नुपर्दछ भन्ने मान्यता सहित सामुदायिक वनमा वैज्ञानिक वन ब्यवस्थापनको काम सुरु भएको र वनको बृहद गुरुयोजना निर्माण गरी सोही अनुसार कामको थालनी अगाडि बढाइएको जानकारी दिनु भयो ।
कार्यक्रममा समूहका कानुनी सल्लाहकार एवम् लुम्बिनी प्रदेश कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमाकान्त पौड्याल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाई, समूहका वरिष्ठ सल्लाहकार प्रेमनारायण खरेल, समूहका पूर्व अध्यक्ष प्रेमबहादुर भण्डारी, तिलोत्तमा नगर सव डिभिजन कार्यालयका प्रमुख बलराम पोखरेल, संस्थाका निर्वाचन समिति संयोजक मिनप्रसाद पोखरेल, तिलोत्तमा १ का वडाध्यक्ष तामनाथ पाण्डे, दुर्गादत्त माविका चण्डीप्रसाद पाण्डेय, शिवनगर सामुदायिक वनका सचिव श्यामकला आचार्य, वनबिहार तथा अनुसन्धान केन्द्रका संयोजक वेदप्रसाद शर्मा, नवज्योती युवा क्लवका अध्यक्ष दिपेश कंडेल, संस्थाका उपाध्यक्ष रविन्द्र बस्नेत, सचिव इन्दु थापामगर, पार्षद तोलाकान्त डुम्रे, भगवती बस्याल लगायतले बोल्दै पोथ्रा पोथ्रा भएको वनलाई हराभरा बनाउदै नमुना सामुदायिक वनको रुपमा विकास गर्न समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।
उनीहरुले संघीयता कार्यान्वयनसँगै वनेका ऐन नियमहरु पनि समुदायिक वन मैत्री नभएको भन्दै सुधारका लागि सरकारसंँग आग्रह गर्नु भयो । कार्यक्रममा शंकरनगरमा रहेका सामुदायिक विद्यालयवाट एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई नगद र प्रशंसा पत्र प्रदान गरिएको थियो ।
साधारण सभाको वन्द सत्रमा समूहका कोषाध्यक्ष कांशिराम काफ्लेले अध्यक्षको प्रतिवेदनमा प्रस्ताव गरिएका नीति, कार्यक्रम तथा योजनाहरुलाई विनियोजन गरिएको वजेट सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहांले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि प्रस्ताव गरिएको रु. २ करोड ५२ लाख ७० हजार ३६२ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियोे ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमाले ३२५५ दुग्ध उत्पादक किसानलाई करिव ४६ लाख अनुदान प्रदान

Next Post ≫

इट्टाको विमा गर्न पाउने व्यवस्था गर्न व्यवसायीको सरकारसंग माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क