Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन

संसारपोस्ट संवाददाता · १ माघ २०७७ · 0
अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन
50
SHARES
ShareTweet

बुटवल, १ माघ । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ईन्टरनेशनल स्कुल अवार्ड (आईएसए) परियोजना कार्यक्रम प्रदर्शन गरेका छन् ।
परियोजना प्रदर्शन कार्यक्रममा विद्यार्थीहरुले समाजिक तथा शैक्षिक गतिविधिबारे तयार पारेका सामाग्रीहरु विद्यालयमा प्रदर्शन गरेका थिए । अक्सफोर्डले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्वको जुनसुकै कुनाका नागरिकसँग हेलमेल हुनेसक्ने वातावरण सृजना गर्न आईएसए प्रोजेक्ट लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो । आईएसए परियोजनाले विद्यार्थीलाई सामाजिक घुलनमिलनको सीप सिकाउनुका साथै विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोगि सावित हुने भुसालले बताउनुभयो ।
परियोजनाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले विद्यार्थीहरुलाई दिगो विकास लक्ष्य हासिल गर्न विद्यालय स्तरमा सिकाई स्तरलाई बढाउनु पर्ने बताउनुभयो ।
उहाँले स्थानीय पाठ्यक्रमलाई समेत जोडेर विभिन्न परियोजनाहरू तयार पार्दै शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो सिकाइ हुने र विद्यार्थीहरूमा सिकाइप्रति रुचि बढ्ने विश्वास ब्यक्त गर्नुभयो । विद्यार्थीले प्रशर्दन गरेको आईएसए प्रोजेक्ट कार्यक्रमको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख रामप्रसाद अर्याल, त्रिभुवन विश्वविद्यालयका पूर्व सह–परीक्षा नियन्त्रक पशुपति अधिकारी, हिसान रूपन्देही अध्यक्ष कृष्णप्रसाद पौडेल, सिद्धेश्वरी लालकुमारी माविका प्राचार्य गोपीकृष्ण भण्डारी, अक्सफोर्ड टोल विकास संस्थाका अध्यक्ष विष्णुहरि पाण्ड, परियोजनाका संयोजक यशु भुसाल लगायतले आईएसए जस्ता सिर्जनशील गतिविधिका प्रदर्शन लगायतका कार्यक्रमले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुने तथा विद्यालयले पनि अन्तर्राष्ट्रिय मान्यता पाउने हुँदा यस्ता परियोजनाको उपादेयता विशिष्ट रहेको धारणा राख्नुभयो । सोही अवसरमा विद्यालयले दोस्रो त्रैमासिक नतिजा समेत प्रकाशन गरेको छ ।

≪ Previous Post

भिजन लुम्बिनीको अध्यक्षमा जगतबहादुर पोखरेल

Next Post ≫

खाना बनाउने नाममा विवाद हुदाँ अर्घाखाँचीमा छोराले गरे आमाको हत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क