Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भिजन लुम्बिनीको अध्यक्षमा जगतबहादुर पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भिजन लुम्बिनीको अध्यक्षमा जगतबहादुर पोखरेल

संसारपोस्ट संवाददाता · १ माघ २०७७ · 0
भिजन लुम्बिनीको अध्यक्षमा जगतबहादुर पोखरेल
50
SHARES
ShareTweet

बुटवल १ माघ
भिजन लुम्बिनी पब्लीक कम्पनी लिमिटेडको नयाँ संचालक समित गठन गरिएको छ ।कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कम्पनीको सञ्चालकहरुमा ईन्जीनिय.लेखनाथ पाण्डे, कुल बहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन बज्राचार्य चयन हुनुभएको छ ।
छरिएर रहेको पुँजीलाई एकिकृत गरी सामुहिक लगानी र उच्चतम प्रतिफललाई आत्मसाथ गर्दै झण्डै एक हजार जनाको सहभागीतामा यो कम्पनी २०७३ सालमा स्थापना भएको हो ।
यसले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, अर्थ, संचार, उर्जा गरि ९ वटा क्षेत्रमा परियोजना सञ्चालन गर्ने उद्देश्य लिएको छ । यसअघि अर्थमन्त्री विष्णु पौडेल छरिएको पूजीलाई एकिकृत गरेर उत्पादनमुलक काममा लगाएर भिजन लुम्बिनी कम्पनी लिमिटेडले अनुकरणीय अभ्यास गरिरहेको बताउनु भएको छ । झण्डै एक हजार जनाको समूहिक लगानीमा स्थापना भएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेटको साधारणसभाको उद्घाटन गर्दै उहाँले भिजन लुम्बिनीले वित्तिय क्षेत्रमा सह्रानीय काम गरेको उल्लेख गर्नुभयो ।
नौ क्षेत्रमा काम गर्नेगरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेघावाटको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जलविद्युत आयोजनाको काम गुणस्तरीय र तिव्र रुपमा भइरहेको थाहा पाएको बताउदै अर्थमन्त्री पौडेलले अन्य क्षेत्रमा पनि त्यस्तै सफलताका लागि शुभकामना पनि दिनुभयो ।

बुटवलका स्थायी बासिन्दा पौडेलले बुटवल क्षेत्रका उद्यमीहरुको सक्रियता र लगानीमा राम्रो काम भएको थाहा पाउँदा गौरब लागेको बताउनुभयो । त्यस्तै उर्जा मन्त्री टोपबहादुर रायमाझीले विद्युत खपत बढाउन सवैलाई आह्वान गर्नुभएको छ । अहिले विद्युतको उत्पादन धेरै हुदै गएकाले तत्काल विद्युतको खपत बढाउनु पर्नेमा उहाँले जोड दिनु भएको हो ।

आफु अहिले दोस्रो पटक उर्जा मन्त्रालयको जिम्मेबारी लिइरहँदा मन्त्रालयका चुनौतीहरु फेरिएको अनुभव पनि उहाले सुनाउनुभयो । उहाँले उर्जा खपत बढाउनका लागि मन्त्रालयले अहिले विभिन्न योजना तथा नयाँ नयाँ नीतिहरु बनाउदै गरेको जानकारी पनि दिनुभयो । आगामी भदौसम्ममा ५०० मेघावाट विजुली खेर जानेगरी उत्पादन भइरहेको बताउदै उहाँले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा विक्रि गर्ने गृहकार्य पनि भइरहेको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । उद्योग धन्दा राम्रोसग संचालन गरेकाहरुले देश पनि राम्रोसँग संचालन गर्न सक्ने बताउदै उहाँले उद्योगी व्यवसायीहरु पनि राजनीतिमा आए देश सफल हुने धारणा राख्नुभयो । देशमा राजनीतिक अस्थीरता र धेरै आन्दोलन हुँदा उद्यमीहरु लामो समयसम्म समस्यामा परेपनि अव राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाजनक अवस्था ल्याएको उहाँको भनाई थियो ।पूर्व अर्थमन्त्री डा रामशरण महतले देशलाइ चलायमान बनाउन आर्थिक उन्नती जरुरी रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले संस्थाको गरिमा बढाउन आफ्नो टीम दत्तचित्त भएर अभियानमा लागेको बताउनुभयो । सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ ।

≪ Previous Post

आज राष्ट्रिय योग दिवस, ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ मनाइँदै

Next Post ≫

अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क