Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ छरिएको पूंजीलाई एकिकृत गरेर उत्पादनमा जोडौं : अर्थमन्त्री पौडेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

छरिएको पूंजीलाई एकिकृत गरेर उत्पादनमा जोडौं : अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · २९ पुष २०७७ · 0
छरिएको पूंजीलाई एकिकृत गरेर उत्पादनमा जोडौं : अर्थमन्त्री पौडेल
90
SHARES
ShareTweet

भिजन लुम्बिनीको अध्यक्षमा पुनः जगतबहादुर पोखरेल निर्वाचित
बुटवल, २९ पुस । अर्थमन्त्री विष्णु पौडेल छरिएको पूजीलाई एकिकृत गरेर उत्पादनमुलक काममा लगाएर भिजन लुम्बिनी कम्पनी लिमिटेडले अनुकरणीय अभ्यास गरिरहेको बताउनु भएकोछ । भिजन लुम्बिनीले वित्तिय क्षेत्रमा सह्रानीय काम गरेको उहांले बताउनु भयो ।
करिव एक हजार जनाको समूहिक लगानीमा स्थापना भएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेटको साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले भिजन लुम्बिनीको वित्तिय सफलताको समेत कामना गर्नुभयो ।
बुटवलका युवा उद्यमी जगत पोखरेलको नेतृत्वमा स्थापना भएको कम्पनीले धेरै जनाको थोरै थोरै पुजी संकलन गरेर संयुक्त लगानी गर्ने अभ्यास नमुना भएको पनि उहांले बताउनुभयो । बुटवल क्षेत्रका उद्यमीहरुको सक्रियता र लगानीमा राम्रो काम भएकोमा आफुलाई गौरब लागेको मन्त्री पौडेलले बताउनुभयो ।
नौ क्षेत्रमा काम गर्नेगरी स्थापना भएको कम्पनीले हाल पोखराको कास्कीमा २५ मेघावाटको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जलविद्युत आयोजनाको काम समेत गुणस्तरीय र तिव्र रुपमा अगाडी बढिरहेको छ ।
कार्यक्रममा उर्जा मन्त्री टोपबहादुर रायमाझीले विद्युत खपत बढाउन आह्वान गर्दै अहिले विद्युतको उत्पादन धेरै हुदै गएकाले तत्काल विद्युतको खपत बढाउनु पर्नेमा जोड दिनु भयो ।
दोस्रो पटक उर्जा मन्त्रालयको जिम्मेबारी सम्हाल्नुभएका मन्त्री रायमाझीले अहिले मन्त्रालयका चुनौतिहरु फेरिएको भन्दै उर्जा खपत बढाउनका लागि मन्त्रालयले विभिन्न योजनाका साथै नयाँ नयाँ नीतिहरु बनाउदै गरेको जानकारी गराउनु भयो । आगामी भदौसम्ममा ५०० मेघावाट विजुली खेर जानेगरी उत्पादन भइरहेको बताउदै मन्त्री रायमाझीले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा विक्री गर्ने गृहकार्य पनि भइरहेको उल्लेख गर्नुभयो ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतले देशलाइ चलायमान बनाउन आर्थिक उन्नति जरुरी रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गर्नुभयो । उद्योग धन्दा राम्रोसंग संचालन गरेकाहरुले देश पनि राम्रोसँग संचालन गर्न सक्ने बताउदै नेता खाँणले उद्योगी व्यवसायीहरु राजनीतिमा आए देश सफल हुने धारणा राख्नुभयो । देशमा राजनीतिक अस्थिरता र धेरै आन्दोलन हुँदा उद्यमीहरु लामो समयसम्म समस्यामा परेपनि अव राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निराशाजनक अवस्था ल्याएको उहाँको भनाई थियो ।
भिजन लुम्बिनी कम्पनी लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेलले संस्थाको गरिमा बढाउन र कम्पनीको टीम अभियानमा लागेको बताउनुभयो । सेती नदी हाइड्रोमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको समेत अध्यक्ष पोखरेलले जानकारी गराउनु भयो ।
एनएमबी बैंकले आयोजनामा २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् । कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउन भित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ । कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ, इपानका केन्द्रीय अध्यक्ष कृष्ण आचार्य, भिजन लुम्बिनीका आर्थिक सल्लाहकार नारायण पौडेल, एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल, ज्ञानेन्द्र कसजु, इन्जिजियर एलएन पाण्डे, पत्रकार जीवन भण्डारी लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

भिजन लुम्बिनीको अध्यक्षमा पुन ः पोखरेल निर्वाचित

भिजन लुम्बिनी पब्लिक कम्पनी लिमिटेडले नयाँ संचालक समित गठन गरेको छ । कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कम्पनीको सञ्चालकहरुमा ई.लेखनाथ पाण्डे, कुल बहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन बज्राचार्य चयन हुनुभएको छ ।
छरिएर रहेको पुँजीलाई एकिकृत गरी सामुहिक लगानी र उच्चतम प्रतिफललाई आत्मसाथ गर्दै झण्डै एक हजार जनाको सहभागितामा यो कम्पनी २०७३ सालमा स्थापना भएको हो । कम्पनीले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, अर्थ, सञ्चार, उर्जा गरि ९ वटा क्षेत्रमा परियोजना सञ्चालन गर्ने उद्धेश्य लिएको छ ।

≪ Previous Post

शाइन रेसुङ्गा बैंकमा सञ्चालक समिति र अध्यक्ष सर्वसम्मत चयन

Next Post ≫

आज माघे (मकर) संक्रान्ति, देशभर स्नान, जप, तप, ध्यान, दान गरी मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क