Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुङ्गा बैंकमा सञ्चालक समिति र अध्यक्ष सर्वसम्मत चयन
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

शाइन रेसुङ्गा बैंकमा सञ्चालक समिति र अध्यक्ष सर्वसम्मत चयन

संसारपोस्ट संवाददाता · २९ पुष २०७७ · 0
शाइन रेसुङ्गा बैंकमा सञ्चालक समिति र अध्यक्ष सर्वसम्मत चयन
90
SHARES
ShareTweet

अध्यक्षमा पौडेल : खुद मुनाफा १.९८ प्रतिशतले बृद्धि
बुटवल, २९ पुस । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि.को १२ औं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । कालिकानगरस्थित बैंकको नवनिर्मित आफ्नै भवनमा सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति सदस्य र अध्यक्ष सर्वसम्मत चयन गरेको छ । आगामी चार वर्षका लागि बैंकको सञ्चालक समिति अध्यक्षमा थानेश्वर पौडेल चयन हुनुभएको छ । यस्तै सञ्चालक सदस्यहरुमा संस्थापक शेयरधनीबाट डा. ताराप्रसाद उपाध्याय, इ. सुरज उप्रेती र शर्मिला श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीबाट मोहन चापागाई र विरेन्द्र विष्ट चयन हुनुभएको छ । श्रेष्ठ र विष्ट नयाँ सञ्चालक हुन् । एकजना विज्ञ (स्वतन्त्रं) सञ्चालक सदस्य पछि चयन गरिने छ ।
साधारण सभामा बोल्दै बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा बैंक लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंकका रुपमा छुट्टै पहिचान स्थापित गरेको बैंक भएको बताउनु भयो । बैंकको शेयर पुंजी ३ अर्ब १ करोड ६३ लाख ४ हजार रुपैयाँ, निक्षेप ३२ अर्ब २९ करोड २४ लाख र कर्जा लगानी २७ अर्ब ११ करोड ५३ लाख रहेको छ ।
२०७७ असार मसान्तसम्म बैंकको चुक्ता पुंजी ३ अर्ब १ करोड ६३ लाख ४० हजार रहेकामा कूल सञ्चित वितरणयोग्य मुनाफाबाट १३ प्रतिशतले हुने रकम रु. ३९ करोड २१ लाख २४ हजार बोनश शेयर वितरणका लागि साधारणसभामा प्रस्ताव गरिएकोमा पारित भएको छ । बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुंजी ३ अर्ब ४० करोड ८४ लाख पुग्ने छ । बैंकको कूल सम्पत्तिमा गत वर्ष भन्दा ६४.३० प्रतिशतले बृद्धि भई ३५ अर्ब २६ करोड ९४ लाख पुगेको छ भने कूल निक्षेपमा गत वर्ष भन्दा ६१.७६ प्रतिशतले बृद्धि भई ३० अर्ब ५८ करोड ९६ लाख पुगेको छ । यस्तै कूल कर्जा तथा सापटमा गत वर्ष भन्दा ५४.२३ प्रतिशतले बृद्धि भई २५ अर्ब २ करोड ८२ लाख पुगेको छ । बैंकको खुद मुनाफामा गत वर्ष भन्दा १.९८ प्रतिशतले बृद्धि भई ४२ करोड ६७ लाख ४७ हजार रुपपैयाँ पुगेको छ । हाल ७१ वटा शाखा र एक एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सुदूर पश्चिम प्रदेशमा पनि शाखा सञ्जाल विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो ।

≪ Previous Post

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनल प्रवेश

Next Post ≫

छरिएको पूंजीलाई एकिकृत गरेर उत्पादनमा जोडौं : अर्थमन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क