Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दाङका कारागारको प्रजिअद्धारा अनुगमन समस्या समाधान गर्न कैदीहरुको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दाङका कारागारको प्रजिअद्धारा अनुगमन समस्या समाधान गर्न कैदीहरुको माग

संसारपोस्ट संवाददाता · २९ पुष २०७७ · 0
दाङका कारागारको प्रजिअद्धारा अनुगमन समस्या समाधान गर्न कैदीहरुको माग
90
SHARES
ShareTweet

तुल्सीपुर २९ पुस
दाङ जिल्लामा रहेका दुईवटा कारागारहरुको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले प्रायजसो सबै कोठा कोठामा पुगेर कैदि बन्दिहरुको बारेमा जानकारी लिनु भएको थियो ।
कारागारहरुमा बन्दि जिवन बिताई रहेका नागरिकहरुलाई बस्न र खान केहि पनि समस्या नहोस भन्ने उद्देश्य लिएर जिल्लाका कारागारहरुमा अनुगमन गरिएको थियो ।
सो अबसरमा कारागारमा रहेका प्रशासनिक र ब्यक्तिगत समस्याहरु समाधान गर्न आफुले सहयोगिको भुमिका निर्बाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो अबसरमा बन्दिहरुका चौकिदारहरुले सामुहिकरुपमा समस्या राखेका थिए ।
उनिहरुले पुस्तकालयमा प्रयाप्त किताबहरु नभएको,खेल सामाग्रिको कमी भएको,खानेपानीको ब्यबस्थापन गर्नुपर्ने,र तुल्सीपुरमा भएको पुरानो कारागारमा पानी चुहिने समस्या भएको हुदा बस्न कठिनाई रहेको लगायतका समस्याहरु राखेका थिए । यस्तै उनिहरुले कारागारभित्र सुधारिएको चुल्लो ब्यबस्थापन हुन नसक्दा बिभिन्न स्वास्थ्य समस्याहरु झेल्नुपरेको बताएका थिए ।
६ महिना कैद बांकी रहेका बन्दिहरुलाई निर्माण ,सिपमुलक र उत्पादनमा लगाउनुपर्ने प्राबधान कानुनमा रहेपनि अहिले सम्म यो कानुन कार्यान्वयन हुन नसक्नु बन्दिहरुका लागि दुखको कुरा रहेको बताएका थिय ।
यसैबिच कारागारमा सुधारिएको चुल्हो ब्यबस्थापन गर्न जिल्ला प्रशासन कार्यालय दाङले केन्द्रमा सिफारिस गरेको छ ।
यस अघि परम्परागत रुपमा चलि आएको दाउराबाट खाना पकाउने काम भैरहेको थियो जसबाट कारागार भित्र बिभिन्न समस्याहरु उत्पन्न भएपछि जिल्लाका दुईवटै कैरागारहरुमा दाउरा बिस्थापित गरेर ग्यास र ईलेक्ट्रिक चुल्होको ब्यबस्थापन गर्न बिभागमा सिफारिस गरिएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।उहाका अनुसार कारागारहरुमा आबश्यक पर्ने अन्य कुराहरु बिभागमा लिखितरुपमा पेश गरेर नीतिगत रुपमै समाधान गर्ने तर्फ आफु लागि परेको समेत बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी आचार्यको अनुरोधमा दाङमा रहेका दुई कारागारहरुमा खेल सामाग्रिहरु हस्तान्त्रण गरिएको छ ।
तुल्सीपुर उद्योग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजालले ब्यक्तिगतरुपमा खेल सामाग्री प्रदान गर्नुभएको थियो ।
फुटबल,भलिबल,ब्याटमिन्टन र नेट सहितका खेल सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी मार्फत कारागारहरुमा प्रदान गरिएको थियो ।
सो अबसरमा जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द,तुल्सीपुर उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष बिमल रिजाल, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीलगायतको सहभागिता रहेको थियो । तुल्सीपुर कारागारमा चार सय ८४ जना
र घोराही कारागारमा पनि सोहि हाराहारिमा कैदिहरु बिभिन्न मुद्दामा कैद सजाय भोगिरहेका छन ।

≪ Previous Post

पेशाको संरक्षणका लागि सैनामैनाले आरन व्यवसायी २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क