Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पेशाको संरक्षणका लागि सैनामैनाले आरन व्यवसायी २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पेशाको संरक्षणका लागि सैनामैनाले आरन व्यवसायी २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

संसारपोस्ट संवाददाता · २९ पुष २०७७ · 0
पेशाको संरक्षणका लागि सैनामैनाले आरन व्यवसायी २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान
110
SHARES
ShareTweet

बुटवल २९ पुस
परम्परागत सीपलाई संरक्षण र सम्बद्र्धन गर्दै समृद्धिको अभियानमा सरिक बनाउने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिकाले आरन पेशा सञ्चालन गर्दै आएका यहाँका दलित समुदायलाई आधुनिक उपकरण प्रदान गरेको हो ।
स्थानीयको सीप र प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको र पेशामा पनि वितृष्णा जाग्न थालिरहेका बेलामा सैनामैना सहितका यहाँका कतिपय पालिकाले भने नमुना कामको थालनी गरेका छन् ।परम्परागत प्रविधि र सीपलाई संरक्षण एवम् सम्बद्र्धन गर्ने अभियान स्वरुप पहिलो चरणमा आरन पेशामा लागेर जीविकोपार्जन गरिरहेका समुदायलाई आधुनिक उपकरण प्रदान गरिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
घरेलु प्रयोजन र कृषि औजारका साथै निर्माण कार्यमा प्रयोग हुने सामग्रीहरु उत्पादन हुँदै आएका परम्परागत कोइलाका आरनलाई आधुनिक उपकरण दिएर पेशाको प्रबद्र्धन गर्ने प्रयास गरिएको प्रमुख कार्कीले बताउनु भयो ।
गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राढीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका बेला पछिल्ला केही समय यता भने संरक्षणको अभियान सुरु भएको छ ।
सैनामैना नगरका ११ वटै वडामा रहेका आरन पेशा अंगालेका समुदायलाई सोही पेशाको सहायक हुनेगरि नयाँ उपकरण प्रदान गरिएको हो ।
पहिला हातले चलाउनुपर्ने आरन मेसिनलाई अब विजुलीबाट चलाउन सकिने छ ।
स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेशिने क्रमले पनि स्थानीय प्रविधिहरूको अस्तित्व हराउन थालेको गुनासा आइरहेका बेलामा यसखालको अभियान सुरु भएको हो ।
श्रमप्रति सामाजिक सम्मान बढाउने र नयाँ पुस्तामा पनि सीप हस्तान्तरण गराउने उद्देश्यले उपकरण प्रदान गरेर हौसला बढाउने कोसिस गरिएको प्रमुख कार्कीले बताउनुभयो ।
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ अहिले लगभग विस्थापित भइसकेका छन् । कतिपय गाउँमा आरन पेशामा रहेका समुदायमा पनि युवा पुस्ताको आकर्षण खासै छैन । यहीँ अवस्थालाई मध्यनजर गर्दै युवालाई पनि आकर्षित गर्ने र परम्परादेखिको सीपलाई पुस्तामा हस्तान्तरण गरेर आधुनिक बनाउन जरुरी रहेको छ ।
सैनामैनाले पहिलो चरणमा नगरका २४ जना आरन पेशा सञ्चालन गर्दै आएकालाई आधुनिक उपकरण प्रदान गरेको हो । मेसिन प्रदान गरेका समुदायले उत्पादन गरेका औजारको बजारिकरणका लागि पनि नगरपालिकाले सहयोग गर्नेगरि योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
सैनामैना नगरपालिका र यूएडिपिको सहकार्य र सेतो गुरास बाल बिकास केन्द्रको समन्वयमा बुधबार नगरपालिकामा एक समारोहको आयोजना गरि ती उपकरण हस्तान्तरण गरिएको थियो । सैनामैना ८ निवासी दिपक रसाली गाउ घरको हसिया कोदालीमा धार लगाएर दैनिकी चलाउदै आएको तर स्रोत र साधनको अभावका कारण सोचे जस्तो काम गर्न नपाएको पेशा नै परिवर्तन गर्ने अवस्थामा सैनामैना नगरपालिकाले आरन ब्यवसायी लाई निशुल्क उपलब्द गराएको आधुनिक उपकरणको कारणले उत्साही भएको बताउनु भयो ।

≪ Previous Post

व्यबसायीलाई सामान सार्न समेत नदिई डोजर चलाउनु मानवता बिरोधी कार्य : उद्योग वाणिज्य संघ बुटवल

Next Post ≫

दाङका कारागारको प्रजिअद्धारा अनुगमन समस्या समाधान गर्न कैदीहरुको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क