Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु

संसारपोस्ट संवाददाता · २९ पुष २०७७ · 0
बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु
80
SHARES
ShareTweet

बुटवल, २९ पुस
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) सेवा सुरु भएको छ । संघका सदस्य उद्योगी व्यबसायीलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता लगायतका सेवा शुल्क भुक्तानीको लागि डिजिटल भुक्तानी सेवा सुरु गरिएको हो ।
संघमा डिजिटल भुक्तानीको लागि ई–सेवासंग सम्झौता गरेर सेवा शुरु गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।
संघको सदस्यता नविकरण, नयाँ सदस्यता सहित संघले सञ्चालन गरेको व्यबसायिक सेवा केन्द्र (ओ.एस.एस.) अन्तरगत प्रदान गरिने कम्पनी दर्ता, साना करदाताको कर भुक्तानी, ई–प्यान लगायतको सेवाको त्यसमार्फत सेवा शुल्क भुक्तान गर्न सकिने ई–सेवा बुटवल कार्यालयका प्रमुख गोबिन्द खनालले जानकारी गराउनु भयो ।
कार्यकारी निर्देशक कार्कीका अनुसार यो निशुल्क सेवा हो, त्यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।
यस अंगाडीसम्म संघबाट लिने सेवाको कार्यालयमा पुगेर भुक्तानी गर्नुपर्ने व्यबस्था थियो । ई–सेवासंगको सम्झौतासंगै अव सेवा शुल्क भुक्तानीको लागि कार्यालयमा धाईरहनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
त्यस्तै संघका सदस्य उद्योगी व्यवयासीलाई उसको व्यबसाय प्रतिष्ठानमा डिजिटल पेमेन्टकै लागि ई–सेवाले निशुल्क क्यु.आर. कोड समेत उपलब्ध गराउने भएको छ ।
त्यसैगरी बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको वेबसाईडलाई समेत डिजिटल भुक्तानीसंग जोड्ने योजना बनाएको छ । वेबसाईड मार्फत संघले जारी गर्ने सूचनाहरुसंगै वेबसाईडलाई विद्युतीय भुक्तानीमा जोड्ने योजना रहेको कार्यकारी निर्देशक कार्कीले जानकारी गराउनु भयो ।

≪ Previous Post

दाङका कारागारको प्रजिअद्धारा अनुगमन समस्या समाधान गर्न कैदीहरुको माग

Next Post ≫

पेशागत वीमा अभिकर्ता संघद्वारा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क