Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बुटवलका समाजसेवी बज्राचार्यको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलका समाजसेवी बज्राचार्यको निधन

संसारपोस्ट संवाददाता · २३ पुष २०७७ · 0
बुटवलका समाजसेवी बज्राचार्यको निधन
40
SHARES
ShareTweet

बुटवल, २३ पुस । बुटवलका समाजसेवी एबं धार्मिक अभियन्ता संघरत्न बज्राचार्यको निधन भएको छ । बज्राचार्यको ८६ वर्षको उमेरमा आफ्नै निवास रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ पुल्चोकमा मंगलवार निधन भएको उहांका नाती विक्रम बज्राचार्यले जानकारी गराउनु भयो ।
१९९२ साल जेठ ७ गते जन्मिनुभएका बज्राचार्यले रुपन्देहीका विभिन्न सामाजिक संघसंस्था तथा धार्मिक संस्थाहरुमा महत्वपुर्ण योगदान पुर्याउनु भएको थियो । पद्मचैत्य विहार वुटवलको निर्माण कार्यदेखि ३२ वर्षसम्म विहारको अध्यक्ष भै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो भने वुटवलकै परोपकार दान विभाग शाखाको प्रधान सेवकको रुपमा रहनुभएको थियो ।
विशेषगरी बुद्ध धर्मको प्रचार प्रसारमा महत्वपुर्ण योगदान पुर्याउनुभएका बज्राचार्यले नवलपरासीको दाउन्नेमा अवस्थित वुद्ध विहारको निर्माण गर्नुभएको हो । यस्तै उहांले बुटवलमा हैजाको प्रकोप फैलिएको समयमा युवाहरुलाई संगठित गर्दै हैजा नियन्त्रण गर्ने कार्यमा समेत महत्वपुर्ण योगदान पुर्याउनु भएको वुटवल नगरपालिकाका पूर्व उप प्रमुख विमाल बहादुर शाक्य स्मरण गर्नुहुन्छ ।
रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा रहेको सोना ईटा उद्योगका संचालक समेत रहनुभएका बजाचार्यले २०५५ देखि ५७ सालसम्म लुम्विनी ईटा ब्यवसायी संघको अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । उहांका चार भाई छोरा, २ छोरी र १२ जना नाति नातिना रहेका छन् ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा भूमिसम्बन्धी आयोगको इकाई कार्यालय स्थापना

Next Post ≫

बुटवलमा अर्गानीक परिकार सहित पारिवारीक स्वादमा आमा भान्साघर शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क