Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा रुपन्देहीका सुरेन्द्र र कृष्णको उम्मेदवारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा रुपन्देहीका सुरेन्द्र र कृष्णको उम्मेदवारी

संसारपोस्ट संवाददाता · २० पुष २०७७ · 0
लुम्बिनी प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा रुपन्देहीका सुरेन्द्र  र कृष्णको उम्मेदवारी
120
SHARES
ShareTweet

बुटवल, २० पुस । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको २५ पुसमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा रुपन्देहीको बुटवलका सुरेन्द्र प्रसाद श्रेष्ठ र भैरहवाका कृष्ण प्रसाद शर्माको उम्मेदवारी परेको छ ।
प्रदेश उद्योग बाणिज्य संघको नेतृत्वका लागि केही पदमा उम्मेदवारी परेपनि सर्व सम्मत गराउने प्रयास समेत भइरहेको संघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले जानकारी दिनुभयो । मंगलवारसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकोले सर्वसम्मत गराउने प्रयास भईरहेको उहाँले बताउनु भयो ।
आफ्नो कार्यकालमा यस क्षेत्रमा उद्योगी ब्यवसायीको सहयोगवाट नै नेपाल उद्योग बाणिज्य महासघ लुम्बिनी प्रदेशले राम्रो काम गर्न सफल भएको उहाँको भनाई थियो ।
अध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद श्रेष्ठले आफुलाई एक बर्ष अगाडिदेखिनै उद्योग बाणिज्य संघहरूले उम्मेदवार वनाउने घोषणा गरेकोले उम्मेदवारी दिएको वताउनु भयो । उहाँले लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीको हितमा केन्द्रको निर्देशन अनुसार काम गर्ने वताउनु भयो ।
अध्यक्षका अर्का उम्मेदवार कृष्णप्रसाद शर्माले आफुले यस क्षेत्रका उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपाल उद्योग बाणिज्य संघको निर्वाचनपछि मात्र शर्मालाई उम्मेदवार वनाईएको वताईएको छ । अध्यक्षमा सहमति हुन नसके दुईजनावीच प्रतिस्पर्धा हुनेछ । निर्वाचनको लागि जिल्ला नगरतर्फ ३० मत अर्थात ५० प्रतिशत र एशोसियट तर्फ १ सय १२ मत अर्थात ३० प्रतिशत गरि कुल १४२ मत रहेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका ३६ उद्योग बाणिज्य संघ मध्ये ३० वटाले मतदान गर्ने छन् । यहाँ वस्तुगत तर्फभने मतदाता रहेका छैनन् । प्रदेश उपाध्यक्ष दुई पदका लागि दुईजना गोपाल भट्टराई र अमित गोयन्काको मात्र उम्मेदवारी परेकोले दुवैजना निर्विरोध हुनुभएको छ ।
कोषाध्यक्षमा एक पदका लागि दुईजनाको उम्मेदवारी परेको छ भने जिल्ला नगर सदस्यमा ५ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

≪ Previous Post

संघर्षशिल महिला पत्रकारबाट माया गौतम र दुर्गा पौडेल सम्मानित

Next Post ≫

संसद विघटन : असंवैधानिक र अलोकतान्त्रिक कदम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क