Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ग्रामीण बालबालिकामा शिक्षाको गुणस्तर सुधारका लागि किवानिज क्लव अफ रुपन्देहीको अभियान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ग्रामीण बालबालिकामा शिक्षाको गुणस्तर सुधारका लागि किवानिज क्लव अफ रुपन्देहीको अभियान

संसारपोस्ट संवाददाता · २० पुष २०७७ · 0
ग्रामीण बालबालिकामा शिक्षाको गुणस्तर सुधारका लागि किवानिज क्लव अफ रुपन्देहीको अभियान
110
SHARES
ShareTweet

बुटवल २० पुस
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लव अफ रुपन्देही लुम्बिनी’ले सरकारी बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षाको गुणस्तर सुधारको लागि ग्रामिण तथा दुर्गम क्षेत्रका बिद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
क्लवले गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ७ जुनियामा रहेको ‘जुनिया माध्यमिक बिद्यालय’मा ईन्टरनेट जडान गरेको छ । बिद्यार्थीमा नियमित पठनपाठनसंगै अतिरिक्त ज्ञानको बिकासको लागि ईन्टरनेट जडान गरिएको क्लवका अध्यक्ष प्रमोद थापाले बताउनु भयो ।
‘सर्भिङ द चिल्ड्रेन अफ द वर्ड’ भन्ने नारासहित सञ्चालित क्लवले बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।
सोही अनुसार क्लवले दुरदराजका समेत बिद्यालय छनौट गरेर ती बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि बालबालिकालाई बिद्यालय पठाउनु पर्छ भन्ने अभिभावकलाई ज्ञान प्रदान गर्नेगरी कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
त्यस्तै उनीहरुमा अतिरिक्त ज्ञानको बिकासका लागि खेलकुदका सामाग्रि, बिद्यालय पोशाक, झोला, कापी तथा कलम लगायतका शैक्षिक सामाग्रि समेत क्लवले प्रदान गर्दै आएको छ ।
बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि क्लवले गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ मा रहेका जुनिया माध्यमिक बिद्यालय, चिदिपानी माध्यमिक बिद्यालय र हेमन्त आधारभूत बिद्यालय तथा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ६ बाह्रनम्बरमा रहेको मिदिनी आधारभूत बिद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको क्लवका संस्थापक अध्यक्ष दिपेश शाहीले जानकारी गराउनु भयो ।
त्यस्तै क्लवले तिलोत्तमाकै सगरमाथा आधारभूत बिद्यालय र सरस्वती माध्यमिक बिद्यालयमा समेत शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरिएको क्लवका निवर्तमान अध्यक्ष सुरज पंगेनीले जानकारी गराउनु भयो ।
विगत ४ वर्षदेखि कार्यक्रम सञ्चालन भएको हेमन्त आधारभूत विद्यालयका प्रधानाध्यापक दण्डपाणी ढकालले क्लवले कार्यक्रम सञ्चालन गरेयता बिद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउनुको साथै बिद्यार्थी बिद्यालय आउने क्रम र बिद्यार्थी संख्या समेत बढेको बताउनु भयो ।
क्लवले कार्यक्रम सञ्चालन गरेपछि बालबालिका धेरै खुसी भएको र उनीहरुको मनोबिज्ञानमा समेत सकारात्मक प्रभाव परेको उक्त बिद्यालयकी शिक्षिका ईन्द्रा ढकाल बताउनु हुन्छ ।
त्यस्तै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पृथबहादुर बुढाथोकीले अभिभावकलाई समेत सकारात्मक प्रभाव परेको औंल्याउनु भयो ।
यता जुनिया माध्यममिक बिद्यालयका प्रधानाध्यापक केशवराज भट्टराईले बिद्यालयले प्राथमिक आवश्यकताको सूचीमा छनौट गरेर बिद्यालय व्यबस्थापन समितिमा प्रस्ताव लैजाने तयारी भएको बेला क्लवले ईन्टरनेट जडान गरी आवश्यकता परिपूर्ति गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले ईन्टरनेट जडानसंगै बिद्यार्थीको अतिरिक्त सिकाईमा यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
क्लवले सुगम क्षेत्रमा मात्रै नभएर दुर्गम ग्रामिण क्षेत्रका बिद्याललयमा समेत पुगेर नियमित कार्यक्रम सञ्चालन गर्नु आफैमा स्रहानीय काम भएको बताउँदै नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
किवानिज क्लवका डिष्ट्रिक्ट गभर्नर दिपक भण्डारीले नेपाल भरीका क्लवहरु मध्ये किवानिज क्लव अफ रुपन्देही लुम्बिनीले तुलनात्मक रुपमा प्रभावकारी काम गरेको औंल्याउनु भयो । ईन्टरनेट लञ्चिङ्,खेलकुदका सामाग्रि तथा शैक्षिक सामाग्रि प्रदान गर्नको लागि क्लवका उपाध्यक्षद्वय अमन श्रेष्ठ, मनोज आचार्य, अशोक दर्लामी, गोविन्द भुसाललगायत क्लवका पदाधिकारी सदस्यहरुको टोली हालै गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ जुनिया पुगको थियो ।

≪ Previous Post

अविस्वासको प्रस्ताव नआएकाले लुम्बिनी प्रदेश सरकार मन्त्रीमण्डल तत्काल हेरफेर हुदैनः मन्त्री चौधरी

Next Post ≫

संघर्षशिल महिला पत्रकारबाट माया गौतम र दुर्गा पौडेल सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क