Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ अविस्वासको प्रस्ताव नआएकाले लुम्बिनी प्रदेश सरकार मन्त्रीमण्डल तत्काल हेरफेर हुदैनः मन्त्री चौधरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अविस्वासको प्रस्ताव नआएकाले लुम्बिनी प्रदेश सरकार मन्त्रीमण्डल तत्काल हेरफेर हुदैनः मन्त्री चौधरी

संसारपोस्ट संवाददाता · २० पुष २०७७ · 0
अविस्वासको प्रस्ताव नआएकाले लुम्बिनी प्रदेश सरकार मन्त्रीमण्डल तत्काल हेरफेर हुदैनः मन्त्री चौधरी
120
SHARES
ShareTweet

बुटवल २० पुस
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबि गर्नु भएको छ ।
केन्द्रमा सत्तारुढ दल नेकपाका नेताहरु एकले अर्कोलाइ खुइल्याइ फरक फरक गतिविधि गरिरहेको र प्रदेशका सरकारहरु हल्लीरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री चौधरीले आफुहरु सहभागि सरकार आजका मितिसम्म सुरक्षित रहेको दाबि गर्नु भयो ।
प्रचण्ड माधव समूहका कारण प्रधानमन्त्री केपि ओलीले संसद बिघटन गरेको भन्दै उहांले संसद पुर्नस्थापना हुने संभावना नरहेको दाबि गर्नु भयो ।
उहाँले प्रदेशका सांसदहरुले मुख्यमन्त्रीबिरुद्ध अविश्वासको मत जाहेर नगरेकोले त्यसको कतै पनि तयारी वा असन्तुष्टि नसुनिएकाले प्रदेश सरकार फेरबदल वा मन्त्रीमण्डल फेरबदल तत्काल नहुने दाबि गर्नु भयो् ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संस्थापनपक्ष ओलीतिर खुलैर सांसदहरु लाग्नेक्रम शुरु भएको र पूर्व माओबादीका ५देखि ७ जना सांसदहरु आउने भएकाले सरकार अल्पमतमा नभई सुरक्षित रहेको दावि गर्नु भयो ।
लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाई समृद्धिको झुटो नारा देखाएर बेवकुफ बनाइरहेको आरोप लगाउनु भयो । उहाँले नेकपाको लडाइले जनतामाथि धोका भएको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस निर्णायक कदम चाल्न तयार रहेको बताउनु भयो । आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेको धारणा राख्दै प्रदेशसभा बैठक तत्काल बोलाउन आग्रह गर्नु भयो ।
जनता समाजबादी पार्टीका संसदीय दलका नेता सहश्राम यादवले सरकार गलत बाटोमा हिडेको भन्दै संसद बिघटन गर्ने ओलीको कदम असंबैधानिक र अलोकतान्त्रीक भएको बताउनु भयो ।
सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका नव निर्वाचित सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीलाइ सम्मान गरिएको थियो । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

≪ Previous Post

संसद विघटन अलोकतान्त्रिक ः बुटवलका नागरिक अगुवाको ठहर

Next Post ≫

ग्रामीण बालबालिकामा शिक्षाको गुणस्तर सुधारका लागि किवानिज क्लव अफ रुपन्देहीको अभियान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क