Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संसद विघटन अलोकतान्त्रिक ः बुटवलका नागरिक अगुवाको ठहर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संसद विघटन अलोकतान्त्रिक ः बुटवलका नागरिक अगुवाको ठहर

संसारपोस्ट संवाददाता · २० पुष २०७७ · 0
संसद विघटन अलोकतान्त्रिक ः बुटवलका नागरिक अगुवाको ठहर
80
SHARES
ShareTweet

बुटवल,२० पुस
विभिन्न राजनीतिक दलमा आवद्व नेता र नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेर संकट निम्ताएको बताएका छन् । आफैले बनाएको संविधानको खिलापमा प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, अराजनीतिक, जनआकांक्षा बिपरित प्रतिगामी भएको आरोप लगाएका छन् ।
संसद विघटनले निम्ताएको संकटको समाधानका लागि संसद पुर्नस्थापना गरेर असंवैधानिक कदम सच्चाउनु पर्नेमा जोड दिए । तत्कालिन प्रधामन्त्री मनमोहन, गिरिजा, शेरबहादुरलाई संविधानले संसद विघटनको अधिकार दिएपनि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कूनै अधिकार नदिएको उनीहरुको तर्क छ । राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च नेपालले बुटवलमा आयोजना गरेको संविधान विघटन, राजनीतिक संकट र निकास विषयक अन्तरक्रियामा बोल्ने बक्ताले पार्टी भित्रको झगडा मिलाउन नसकेर प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्दा संकट आएको बताएका हुन ।
संसद विघटनले देशमा राजनीतिक अस्थिरता आएको अवस्थामा अहिले राजावादी र विदेशी शक्ति केन्द्रहरुले नेपालमा चलखेल बढाएको उनीहरुको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले राजनीतिक दृष्टिकोणबाट संसद विघटन प्रतिगामी कदम भएको बताउनुभयो । नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले संविधानमाथि कु गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभएको बताउंदै प्रतिगामी कदमले संविधान र यो व्यवस्था नै संकटमा परेको बताउनुभयो । .
माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुंवरले संसद विघटनले राजनीतिक संकट उत्पन्न भएको बताउंदै संसद पुर्नरस्थापनाले पनि सबै समस्याको हल हुन नसक्ने बताउनुभयो ।
नेकपा निकट युवासंघका नेता राजु गुरुङले जननिर्वाचित प्रधानमन्त्रीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताउंदै पार्टीको विधान, नीति र कानुनको परिधी मिचेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु नेपाली जनतामाथिको घात भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सचिव खगेन्द्र न्यौपाने, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसी, नेपाली कांगे्रसका खेलराज पाण्डे, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक, खेम लुइटेल, लिलाबल्व ढकाल, गणेश घिमिरे, लेखक ऋषि आजाद, दीपक पौडेल लगायतले बोल्दै संसद विघटनका बिरुद्व जनस्तरबाट आन्दोलनको विकल्प नभएको बताउनुभयो । नाराष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका नेपालका अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

संविधानलाई लिकमा ल्याउन संसद पुर्नस्थापना उपयुक्त माध्यम : मानवअधिकार वादी नेता पहाडी

Next Post ≫

अविस्वासको प्रस्ताव नआएकाले लुम्बिनी प्रदेश सरकार मन्त्रीमण्डल तत्काल हेरफेर हुदैनः मन्त्री चौधरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क