Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संसद पुर्नस्थापना नगरिए संम्बिधान समाप्त हुने र मुलुक गृहयुद्धमा जान्छ : मानव अधिकारवादी नेता पहाडी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संसद पुर्नस्थापना नगरिए संम्बिधान समाप्त हुने र मुलुक गृहयुद्धमा जान्छ : मानव अधिकारवादी नेता पहाडी

संसारपोस्ट संवाददाता · १९ पुष २०७७ · 0
संसद पुर्नस्थापना नगरिए संम्बिधान समाप्त हुने र मुलुक गृहयुद्धमा जान्छ : मानव अधिकारवादी नेता पहाडी
150
SHARES
ShareTweet

बुटवल, १९ पुस । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई पुर्नस्थापना नगरिए संम्बिधान फेल गराउने षडयन्त्र हुने चेतावनी दिनु भएको छ ।
संबिधानमा व्यवस्था नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा राख्नु भयो ।
चुनाव पनि नहुने सरकार पनि अबैध हुने भएपछि संम्बिधान नै समाप्त हुन्छ अनि मुलुकमा गृहयुद्ध हुने निश्चित भएको दावि उहाँले गर्नु भयो । संम्बिधान असफल भएपछि बैदेशिक शक्तिले मुलुकमा रजाई गर्ने भन्दै नेता पहाडीले केपी ओलीका कारण लिगं वाहिर गएको सम्बिधानको रक्षा गर्दै संम्बिधानलाई लिगंमा ल्याउने काम न्यायालयको भएकाले न्यायालयले मुलुकमा संबैधानिक रिक्ततताको अवस्था आउन नदिने कुरा सबैभन्दा महत्वपूर्ण हुनेधारणा राख्नु भयो ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २१ औ साधारण सभा तथा ११ औं अधिवेशन समारोहमा बुटवलमा वोल्दै नेता पहाडीले प्रधानमन्त्रीको कदमले मुलुकमा गृहयुद्धको खतरा बढदै गएको स्पष्ट पार्नु भयो । उहाँले नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले प्रतिगमनकारीको कित्तामा लागेको समूहसंग सांठगांठ गरे नेपाली काँग्रेसको भविष्य पनि संकटग्रस्त हुने चेतावनी दिनु भयो ।
नेता पहाडीले प्रधानमन्त्री ओलीको कदमले राजावादी र विप्लव माओवादीहरु सबै भन्दा बढी खुशि भएको पनि बताउनु भयो । संसद पुर्नस्थापना नहुने बैशाखमा चुनाव पनि नहुदां मुलुकमा उत्पन्न हुने संवैधानिक रिक्ततताले जातिय तथा क्षेत्रीय अतिवाद हावि हुने र अन्तर्राष्ट्रिय शक्तिहरुले नेपाललाई रणभूमि बनाउने ठोकुवा नेता पहाडीले गर्नुभयो ।
उहांले मुलुकभरवाट ओलीको अतिवाद र ओलीको सनकको विरोधमा जनदवाव जरुरी रहेकोले नागरिक समाज तथा सामाजिक अभियान्ताहरु आन्दोलित हुन आह्वान गर्नु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश नेपाली काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको कदम संबैधानिक कू भएको भन्दै संम्बिधान विरोधी ओली कदमको न्यायालयले संसदको पुर्नस्थापना गरेर देखाई दिनुपर्नेमा जोड दिनु भयो ।
पार्टी भित्रको किचलो मिलाउन नसक्ने अनि संम्बिधानमा नै व्यवस्था नभएको विषयमा संसद विघटन गर्नु प्रधानमन्त्री ओलीको सर्वसत्तावाद र अलोकतान्त्रीक कदम भएको ठहर गर्नु भयो ।
प्रदेश सदस्य विष्णु पन्थीले प्रधानमन्त्री ओलीको कदमले मुलुकमा अनिष्टको संकेत देखापरेको छ भन्दै अब लोकतन्त्र रोज्नेकी प्रतिगमन रोज्ने वेला आएको धारणा राख्नु भयो । उहाँले बैशाखमा चुनाव पनि नहुने र चुनाव गराउनका लागि संसद विघटन नगरिएकोले मुलुकमा प्रतिगमनको खतरा बढेकोले संसद पुर्नस्थापनाको पक्षमा आन्दोलित हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनी, वरिष्ठ उपसभापति गोविन्द खनालले प्रधानमन्त्री ओलीको कदम सन्काहा प्रवृति र असंवैधानिक अलोकतान्त्रिक भएकोले संसद पुर्नस्थापनाको पक्षमा सबै एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भयो ।
समाजका रुपन्देही सभापति डीपी खनालको सभापतित्वमा भएको कार्यक्रममा ट्रेडयुनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राई, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, उच्च अदालत बुटवल वारका अध्यक्ष जोगबहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग बुटवलकी प्रमुख संझना शर्मा, माहुरीहोमका रवि ठाकुर, प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौर, समाजका केन्द्रिय सचिव अर्जुन गौतम, केन्द्रिय सदस्य मीना ढकाल, अर्जुन ज्ञवाली लगायतले धारणा राख्नु भएको थियो ।

≪ Previous Post

नेपाल नियमित रक्तदाता संघको कार्यक्रममा ७५ युनिट रगत संकलन

Next Post ≫

संसद विघटन बाध्यकारी परिस्थिति : महासचिव पौडेल,संसद पुर्नस्थापना हुनै नसक्ने जिकिर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क