Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ संसद विघटन बाध्यकारी परिस्थिति : महासचिव पौडेल,संसद पुर्नस्थापना हुनै नसक्ने जिकिर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संसद विघटन बाध्यकारी परिस्थिति : महासचिव पौडेल,संसद पुर्नस्थापना हुनै नसक्ने जिकिर

संसारपोस्ट संवाददाता · १९ पुष २०७७ · 0
संसद विघटन बाध्यकारी परिस्थिति : महासचिव पौडेल,संसद पुर्नस्थापना हुनै नसक्ने जिकिर
110
SHARES
ShareTweet

बुटवल १९ पुस
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टी भित्रका केही महत्वकाक्षी नेतालाई साथ लिएर प्रचण्ड समूहले सत्ता र पार्टी कब्जा गर्ने यडयन्त्र गरेकाले संसद विघटन गर्नु परेको बताउनु भयो ।
ओली समुहको नेकपा रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव पौडेलले शक्ति र सत्ताको लोभमा लाग्दा पार्टीमा अहिले संकट उत्पन्न भएको दावि गर्नु भयो ।
प्रचण्ड माधव समुहले महाधिवेशनबाट शक्तिशाली पार्टीको एकल अध्यक्ष बन्ने अवसर लत्याएर प्रधानमन्त्री र एकल अध्यक्ष बन्ने गलत बाटो रोजेको षडयन्त्र गरेकाले बाध्य भएर प्रधानमन्त्रीले संसद विघटन गर्न परेको महासचिव पौडेलले बताउनु भयो ।
महासचिव पौडेलले दुई नम्बरको अध्यक्ष बन्न किन हतारो गर्नुभयो, तपाईँले प्रधानमन्त्री ओलीमाथि लगाईका संघिन आरोप फिर्ता लिँदै भुल र कमजोरीलाई स्वीकार गरेर मुल घरमा फर्किनुहोस्, तपाईँहरूको स्थान खाली गराएको छौ उहाँको कथन थियो ।
प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको बाध्यता रहेको भन्दै नेता पौडेलले अहिलेको अवस्था आउनुमा प्रचण्डले लगाएको संगीन आरोपको प्रतिफल रहेको टिप्पणी गर्नु भयो ।
प्रधानमन्त्री ओलीको अगाडि संविधान र लोकतन्त्रको रक्षाको लागि संसद विघटन गरेर जनादेशमा जानुबाहेक अर्को विकल्प नभएको महासचिव पौडेलको भनाई रहेको छ । महासचिव पौडेलले स्वतन्त्र न्यायपालिकाप्रति विश्वास गर्ने भन्दै सर्वोच्च अदालतले गर्ने निर्णय आफूहरूलाई स्वीकार हुने बताउदै प्रतिनिधिसभा पुनःस्र्थापना हुने कुनै सम्भावना नरहेको जिकिर समेत गर्नु भयो ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डका कारण पार्टी एकता संकटमा परेको दावि गर्नु भयो ।
प्रचण्डले केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता लिन तयार भएको भए संसद बिघटन हुने थिएन,यसको मुख्य जिम्मेवार प्रचण्ड नै भएको उहांको ठहर रहेको छ ।
पोखरेलले प्रचण्डले सरकारविरुद्ध समान सत्ता चलाउन खोजेको र संसदलाई आफ्नो स्वार्थमा हिँडाउन खोजेकै कारणले संकट उत्पन्न भएको बताउनु भयो ।
उर्जामन्त्री तथा नेता टोपवहादुर रायमाझीले प्रचण्डले माओवादी जनयुद्धको विरासत धान्न नसकेको बताउदै पार्टी एकता गरेर अध्यक्ष वनाएका केपी ओलीको समुहकमा रहदा आफूहरुले लिगेसी छाडेको भनेर आरोप लगाउन कसरी मिल्छ भन्दै प्रश्न गर्नु भयो ।
हामी त प्रचण्डले सर्वसम्मत रुपमा पार्टी अध्यक्ष र प्रधानमन्त्री मानेका केपी ओलीसँगै छौं, उहाँ चाहिँ माधव नेपाललाई काखी च्यापेर पार्टी प्यालेसवाट टीका लाएर हिँड्नु भएको टिप्पणी गर्नु भयो ।
पार्टीका रुपन्देही अध्यक्ष शिवसुवेदीको अध्यक्षतामा भएको भेलालाई नेता छबिलाल विश्वकर्मा ,पुष्पान्जली उपाध्याय, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, दधिराम न्यौपाने लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

≪ Previous Post

संसद पुर्नस्थापना नगरिए संम्बिधान समाप्त हुने र मुलुक गृहयुद्धमा जान्छ : मानव अधिकारवादी नेता पहाडी

Next Post ≫

संविधानलाई लिकमा ल्याउन संसद पुर्नस्थापना उपयुक्त माध्यम : मानवअधिकार वादी नेता पहाडी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क