Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ डाक्टरमाथि हातपात गर्नेलाई कारवाही नहुदां लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी धर्नामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डाक्टरमाथि हातपात गर्नेलाई कारवाही नहुदां लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी धर्नामा

संसारपोस्ट संवाददाता · १६ पुष २०७७ · 0
डाक्टरमाथि हातपात गर्नेलाई कारवाही नहुदां लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी धर्नामा
100
SHARES
ShareTweet

बुटवल १६ पुस
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डाक्टरमाथि हातपात गर्नेलाई ६ दिन बित्दासमेत कारवाही नभएको गुनासो गदै स्वास्थ्यकर्मी धर्नामा वसेका छन ।
चिकित्सकमाथि हातपात भएको विरोधमा स्वास्थ्यकर्मीहरुले प्रशासनले कारवार्ही गनुपर्ने माग गर्दे अस्पतालमा धर्ना दिएका हुन् ।
बिरामी कुर्न आएका व्यक्तिले ड्युटीमा खटिइरहेका डाक्टरमाथि हातपात गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पतालमै धर्ना दिएका हुन ।
यही पुस १० गते राति अस्पतालको आकस्मिक कक्षमा बिरामी कुरिरहेका बिरामीकै छोराले अस्पतालको ईर्मेजेन्सी विभागका एक जना डाक्टरलाई हातपात गरेको र अन्य तीन जना प्यारामेडिक्सहरुलाई अपशब्द बोलेको भन्दै अस्पताल प्रशासनले प्रहरी समक्ष उजुरी गरेको थियो ।
अस्पतालका प्रवक्ता डा विष्णु गौतमले प्रहरीले कुनैपनि कारवाही अगाडि नबढाएको गुनासो गर्दै आकस्मिक कक्षमा काम गर्ने डाक्टर, प्यारामेडिक्स तथा कर्मचारीहरुले आकस्मिक कक्षमा धर्ना दिएको बताउनु भयो ।
दमको जटिल समस्या देखिएका बिरामीलाई उनका छोराले अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए । जाँचपछि डाक्टरले बिरामीलाई तत्काल भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा बेड खाली नभएको भनी ब्रिफिङ गर्दै गर्दा उनले हातपात गरेको अस्पतालको आरोप रहेको छ ।

≪ Previous Post

विगत डेढ वर्ष देखि राजश्व अनुसन्धान कार्यालय बुटवलको हाता भित्र रहेको भारतिय कन्टेनरमा पेस्तोल भेटियो

Next Post ≫

जनउत्थान लघु वित्तिय संस्थाद्वारा सचिव विकेलाई सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क