Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७६ · 0
मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान
70
SHARES
ShareTweet


मकवानपुर, ५ साउन । मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । मनहरी गाउँपालिका–९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । शनिबार राति गाँजा बोकेको ५÷६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको बताइएको छ । त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो । तर दुवैतर्फ मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गोली हानाहापछि प्रहरीले मनहरी गाउँपालिका–९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका–१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको छ । उनको साथबाट कटुवा पेस्तोल एक नाल, पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी गाँजा पनि प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ५÷६ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गरएिको जनाको छ । अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जनाइएको छ । घटनास्थलबाट अन्य चारजना फरार भएका छन् । पक्राउ परेका स्याङ्तान प्रहरीको खोजी सूचीका गाँजा तस्कर नै भएको प्रहरीलाई उद्धृत गर्दै थाहा खबरमा अमृत चिमरियाले समाचार लेख्नुभएको

≪ Previous Post

आजको राशिफल (२०७६ साउन ५ गते आइतवार)

Next Post ≫

समाजवादीको माग ः लोकसेवा विज्ञापन खारेज गर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क