बुटवल, ९ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापनाको विकल्प नभएको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधि सभा विघटन गरेर देशलाई भड्खालोमा हालेको टिप्पणी गर्दै नेता केसीले ओलीको असंवैैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनस्थापित गरेर निकास दिनुपर्ने धारणा राख्नुभयो ।
बिहीबार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता केसीले पार्टी भित्रको गुटको विवाद समाधान गर्न नसकेर संसद भंग गरी देशलाई भड्खालोमा हाल्ने काम संविधानमाथिको ‘कु’ भएको टिप्पणी गर्नुभयो । जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै अध्यक्ष केसीले ओलीले भंग गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको बेला निर्वाचनमा अर्बाैं रकम खर्च गर्ने सामथ्र्य देशको नभएको समेत अध्यक्ष केसीले तर्क गर्नुभयो ।
