Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ २७ वटा गोरु र २५ वटा गाई सहित ८ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२७ वटा गोरु र २५ वटा गाई सहित ८ जना पक्राउ

संसारपोस्ट संवाददाता · ८ पुष २०७७ · 0
२७ वटा गोरु र २५ वटा गाई सहित ८ जना पक्राउ
110
SHARES
ShareTweet

बुटवल, ८ पुस । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अवैध रुपमा ओसार पोसार गरेको अवस्थामा २७ वटा गोरु र २५ वटा गाई सहित अवैध कार्यमा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पश्चिमबाट पुर्वसतर्फ गाई गोरु ओसार पसार हुँदै छ भन्ने सूुचनाको आधारमा जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं.८ रामनगर स्थित पुर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा गाई गोरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पश्चिम बाट पुर्व तर्फ आईरहेका ना ६ ख ३८२६ र ना ६ ख २३७१ नम्बरको ट्रकलाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा ना ६ ख ३८२६ नम्बरको ट्रकमा २२ वटा गोरु र ना ६ ख २३७१ नं. को ट्रकमा २५ वटा गाई र ५ वटा गोरु लोड गरी अवैध रुपमा ओसार पोसार गरेको पाईएकाले दुबै ट्रक, गाई गोरु सहित चालक र सो कार्यमा संलग्न मानिसहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका गाई, गोरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार सो अवैध कार्यमा संलग्न ट्रक जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.४ बस्ने बर्ष ३० को चक्र राई, सहचालकहरु जिल्ला मकवानपुर मनहरी गाउँपालिका ७ बस्ने बर्ष २१ को उज्जल कुमार सिंह, सहचालक जिल्ला सुनसरीका बर्ष २४ को सोहिद आलम, सोही ठाउं बस्ने बर्ष २५ को समिर आलम, चालक जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.४ बस्ने बर्ष ३२ को बुद्धिलाल तामाङ, सहचालक सोही ठाउँका बर्ष २२ को बच्छुराम भुजेल, सहचालक जिल्ला बर्दिया गुलरिया नगरपालिका १ बस्ने बर्ष २८ को मनोहर खान र सोही ठाउका सहचालक बर्ष ३२ को महमद एकराम खानलाई पक्राउ गरिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला रूपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधई स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी निकासी गरेको प्याज, पानीपुरी र काजु बरामद गरेको छ । प्रहरीले चेक जाँच गर्ने क्रममा अन्दाजी मुल्य रू ६२ हजार ८ सय रकम बराबरको सामानहरु ओसारपोसार गर्दै गर्दा प्रहरीले उक्त सामानहरू पक्राउ गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनुभयो ।

≪ Previous Post

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले संरक्षित व्यवसाय बनाउन नीतिगत समस्या समाधान माग

Next Post ≫

संसद पुनःस्थापनाको विकल्प छैन : चित्रबहादुर केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क