Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले संरक्षित व्यवसाय बनाउन नीतिगत समस्या समाधान माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले संरक्षित व्यवसाय बनाउन नीतिगत समस्या समाधान माग

संसारपोस्ट संवाददाता · ८ पुष २०७७ · 0
पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले संरक्षित व्यवसाय बनाउन नीतिगत समस्या समाधान माग
110
SHARES
ShareTweet

बुटवल, ८ पुष
व्यवसायीले पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको भेलाले संरक्षित व्यवसाय बनाउन नीतिगत समस्या समाधान गर्न जरुरी रहेको औल्याएका छन ।
झेल्नु परिरहेको नीतिगत समस्या समाधान ठोस रुपमा नहुदासम्म पुस्तक तथा स्टेशनरी व्यवसाय संरक्षित व्यवसाय बन्न नसक्ने अगुवाहरुले बताएका छन् ।
रुपन्देही व्यापार संघमा आपद्ध पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको बुधवार बुटवलमा भएको भेलामा बोल्ने बक्ताहरुले सो धारणा राखेका हुन । उनीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन आफै सचेत र संगठित हुनु पर्नेमा जोड दिदै उनीहरुले व्यवसायीको हकहित संरक्षणका लागि व्यवसायीक एकता नै महत्वपूर्ण रहेको बताएका थिए । उनीहरुले व्यवसायमा कर्पोरेट हाउसहरुका अस्वाभाविक प्रवेश र त्यसले निम्त्याएको बेथितिको मारमा साना व्यवसायीहरु परेको हुदा त्यसको संरक्षणमा लाग्न रुपन्देही व्यपार संघसंग आग्रह पनि गरिएको थियो ।
भेलालाई सम्बोधन गर्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले व्यवसायीका पिरमर्कामा संघ सधै साथमा रहने प्रतिवद्धता व्यक्त गर्दै व्यवसायीक हकहितसंगै अभिभावक र विद्यार्थीहरुलाई प्रदान गर्ने सेवा सुविधाबारे पनि व्यवसायीले ख्याल गर्नुपर्नेमा जोड दिनु भयो । उहाले पुस्तक व्यवसायीहरुसंग संघ सधै सहकार्यका लागि सधैं तयार रहेको बताउनु हुदै व्यवसायीक एकतामा जोड दिनु भयो ।
संघका सहकोषाध्यक्ष्ँ ऋषिराम पाण्डेले व्यवसायीहरुले गुणस्तरहीनलाई निरुत्साहित गर्दै स्वदेशी प्रकाशन, स्टेशनरी वा मसलन्द सामग्रीको विक्रि वितरणमा जोड दिन आग्रह गर्नु भयो ।
सो अवसरमा संघका कार्यसमित सदस्य एवं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रिय अध्यक्ष मनहरि बस्यालले खुला सीमानाका कारण पुस्तक तथा स्टेशनरी व्यवसायी मारमा परेको भन्दै भन्सारमा कडाई गर्न आग्रह गर्नु भयो । उहाले हामीसंग स्पष्ट पुस्तक नीति नहुदा त्यसको मारमा व्यवसायी परेको गुनासो गर्नु भयो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, रुपन्देहीका अध्यक्ष त्रिलोचन ज्ञवालीले पुस्तकलाई नियमन गर्ने आधिकारिक निकाय नहुने, विदेशी उत्पादकलाई सरकारले नियन्त्रण गर्न नसक्ने, नेपाली प्रकाशक र उद्योगलाई संरक्षण गर्नेगरी कच्चा पदार्थमा सहुलियत दिन सरकार सकारात्मक देखिनु हाम्रा लागि राम्रो नभएको धारणा राख्नु भयो ।
भेलाले पुरानो पुस्तक तथा स्टेशनरी बस्तुगत उपसमिति विघटटन गरि रामु अधिकारीको संयोजकत्वमा नया समिति गठन गरेको छ ।
जसमा सहसंयोजकमा निरज पाण्डे, सचिवमा तेजप्रसाद पाण्डे, कोषाध्यक्षमा कमल शर्मा र सदस्यहरुमा हरिप्रसाद अर्याल, तुल्सीराम पाण्डे, श्रीलाल भट्टराई, सुन्दर खनाल, राजु भारी रहेका छन् । त्यसैगरि सल्लाहाकारमा हेमानन्द शर्मा, रामृकष्ण चापागाई, त्रिलोचन ज्ञवाली, रुपा पाण्डे, बालकृष्ण भण्डारी, राजु कार्कीलाई चयन गरिएको छ ।
कार्यक्रम उपसमितिका संयोजक बालकृष्ण भण्डारीको अध्यक्षता तथा रामु कार्कीको सञ्चालनमा भएको कार्यक्रममा कार्यसमिति सदस्य पर्शुराम पन्त, पूर्व कार्यसमिति सदस्य रुपा पाण्डे लगाायत बोल्नु भएको थियो ।

≪ Previous Post

गैँडाकोटको कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जना पुरुषकोे मृत्यु

Next Post ≫

२७ वटा गोरु र २५ वटा गाई सहित ८ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क