Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सुरक्षित यात्रा नेपालको अभियान बुटवलमा यात्रुलाई निःशुल्क स्वास्थ्य सामाग्रि वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुरक्षित यात्रा नेपालको अभियान बुटवलमा यात्रुलाई निःशुल्क स्वास्थ्य सामाग्रि वितरण

संसारपोस्ट संवाददाता · ६ पुष २०७७ · 0
सुरक्षित यात्रा नेपालको अभियान बुटवलमा यात्रुलाई निःशुल्क स्वास्थ्य सामाग्रि वितरण
100
SHARES
ShareTweet

बुटवल ६ पुस
सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको कोभिड संक्रमणबाट सुरक्षित गर्नको लागि बुटवलबाट बस छुट्ने नयाँ बसपार्क र ट्राफिकचोकबाट व्यक्तिगत सुरक्षा सामाग्रि वितरण सुरु गरेको छ ।
सुरक्षित यात्रा नेपालको सुरक्षित यात्रा अभियान अन्तरगत कोरोना भाईरस (कोभिड–१९) बाट सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा सामाग्रि मास्क तथा भाईजर (फेस सिल्ड) वितरण सुरु गरिएको हो ।
सोमबारदेखि सुरु भएको यो अभियान ३ दिनसम्म सञ्चालन गरिने छ भने बिहान ५ बजेदेखि राती ९ बजेसम्म वितरण गरिने सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलवासेले बताउनु भयो ।
अभियानको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले शुभारम्भ गदै यात्रुले व्यक्तिगत सुरक्षा सामाग्रि प्रयोग गर्ने बानीको बिकास गराउन जरुरी रहेको धारणा राख्नुभयो । सरकारले हवाई यातायातमा जस्तैगरी सडक यात्रायातमा पनि व्यक्तिगत सुरक्षा सामाग्रिको प्रयोगलाई अनिवार्य गर्नुपर्ने वक्ताहरुको भनाई प्रति मन्त्री चौधरीले बानिको बिकास नै यसको महत्वपूर्ण पाटो भएकाले सरकारले जारी गरेको व्यक्तिगत स्वास्थ्य सुरक्षा प्रोटोकलको पालनामा सबैले ध्यान दिनुपर्ने बताउनु भयोे ।
उहाँले सवारी दुर्घटनालाई न्यून गर्न र सडक दुर्घटनाबाट एक जनाको पनि ज्यान नजाओस भन्नको लागि प्रदेश सरकारले पाँच स्थानमा रिफ्रेस सेन्टरको परिकल्पना गरे अनुसार २ स्थानमा सिलान्यास समेत गरिएकोबताउनु भयोे । मन्त्री चौधरीले ती रिफ्रेस सेन्टरमा यात्रुको लागि निःशुल्क शौचालय, फ्युल बिद्युतीय सवारी सञ्चालनको समेत परिकल्पना भएकोले चार्जिङ् सेन्टर, चालकको लागि सयन कक्ष लगायतको व्यबस्था हुने बताउनु भयो ।
त्यस्तै सुरक्षित यात्रा नेपालका संरक्षक अर्जुन रानाभाटले सरकारले हवाई यातायातलाई मात्रै यातायात सेवा मानेको बताउँदै सडक यातायातलाई पनि यातायात सेवा मान्ने हो भने सडक यातायातमा यात्रा गर्ने यात्रुलाई पनि व्यक्तिगत स्वास्थ्य सामाग्रिको प्रयोगलाई अनिवार्य गर्ने गरि व्यबस्था गर्नुपर्ने बताउनु भयो ।
कोरोना भाईरसको संक्रमण फैलिरहँदा यसले मानव स्वास्थ्यमा अझै प्रतिकुल हुने भएकोले त्यसबाट आउन सक्ने सम्भावित जोखिम हुन नदिनको लागि अभियान फलदायी हुने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अभियानले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको स्वास्थ्य सुरक्षामा प्रभावकारी हुने र जनचेता समेत अभिबृद्धि गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेको अध्यक्षतामा भएको कार्यक्रममा यातायाता मजदुर तथा व्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, संस्थाका महासचिव प्रकाशकुमार नेपाल, सदस्य दिपक ढकाल लगायतले अभियानले संचालन गरेको यात्रुलाई निःशुल्क स्वास्थ्य सामाग्रि वितरण फाईदा लिन यात्रु तथा सवारी चालकहरुलाई आह्वान गर्नु भएको थियो ।

≪ Previous Post

संसद विघटन गरि ओलीले इतिहासकै ठूलो भुल गरेको लुम्बिनी प्रदेशका सभासदको कथन

Next Post ≫

क्यानन स्कूलको गाडीले ठक्कर दिदा बिद्यालयकी ४ वर्षिय वालिकाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क