Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ संसद विघटन गरि ओलीले इतिहासकै ठूलो भुल गरेको लुम्बिनी प्रदेशका सभासदको कथन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संसद विघटन गरि ओलीले इतिहासकै ठूलो भुल गरेको लुम्बिनी प्रदेशका सभासदको कथन

संसारपोस्ट संवाददाता · ६ पुष २०७७ · 0
संसद विघटन गरि ओलीले इतिहासकै ठूलो भुल गरेको लुम्बिनी प्रदेशका सभासदको कथन
120
SHARES
ShareTweet

बुटवल ६ पुस
लुम्बिनी प्रदेशका सांसदहरुले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले मुलुक र लोकतन्त्र नै धरापमा परेको धारणा राख्नु भएको छ ।
उनिहरुले संविधान विपरित सनकको भरमा प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नु भएको भन्दै तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गर्नु भएको छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले सरकार र राष्ट्रिपतिको कदम असंवैधानिक भएकोधारणा राख्नु भयो ।
प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउँदै उहाँले केन्द्रीय राजनीतिबाट प्रदेशमा पर्ने प्रभावहरुका बारेमा चिन्ता नगर्न आग्रह गर्दै प्रदेशको नेतृत्वका लागि अन्य दल तयार र सक्षम रहेको स्पष्ट पार्नु भयो ।
उहांले अव नेपाली राजनीतिमा ओलीजस्तो भष्माशुरको कहिलेपनि जन्म नहोस् भन्ने टिप्पणी समेत गर्नु भयो ।
सत्तारुढ दल नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्री ओलीले इतिहासकै ठूलो भूल गरेको बताउदै संसद विगटन गर्नु पार्टीमात्रै नभइ मुलुककै बर्बादी भएको बताउनु भयो ।
वर्तमान अवस्थामा मुलुकलाई निर्वाचनमा लैजान सक्ने अवस्था नरहेको समेत उहांले बताउनु भयो
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले विश्वव्यापी कोरोना महामारीका बेला सरकारले चालेको कदम अलोकतान्त्रिक र तानाशाही भएको उल्लेख गर्नु भयोे । प्रधानमन्त्रीओलीको कदमले मुलुक र लोकतन्त्र धरापमा परेको बताउँदै उहांले संसद विगटन गर्नु असंवैधानिक भएको धारणा राख्नु भयो । नेकपाकै अर्का सांसद तुलाराम घर्तिले केन्द्रीय राजनीतिमा देखा परेका घटनाहरुको तरङ्ग प्रदेशमा पनि देखिनु स्वाभाविक भएको बताउनु भयो । केन्द्रको राजनीतिक समीकरणले प्रदेश सरकारको समीकरण पनि बदलिन सक्ने संकेत गर्दै उहाँले प्रधानमन्त्रीको कमदप्रति कडा शब्दमा निन्दा गर्नु भयो ।
प्रधानमन्त्रीको कदम र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा छिटो सोचेर टुंगाउनुपर्ने तर्क गदै उहांले अब क्षमा दिन नसकिने धारणा राख्नु भयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले प्रधानमन्त्रीले पहिलेदेखि नै अधिनायकवादी शैली अपनाउँदै आएको बताउँदै सन्किपनामा संसद विगटन गरेको आरोप लगाउनु भयो ।
मुलुक कोभिड–१९ को मारमा परिरहेका बेला आगामी वैशाखमा हुने भनिएको निर्वाचनको परिकल्पना समेत गर्न नसकिने उहाँको भनाइ रहेको थियो ।।
यसैगरी नेपाल बार काउन्सिलका केन्द्रिय पार्षद बाबुराम पाण्डेले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न कुनै अधिकार नदिएको बताउनु भयो । क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कपिल ज्ञवालीले गर्नु भएको थियो ।

≪ Previous Post

ओली सरकारसंविधान समाप्त पार्ने , अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रको उपज नेपाली कांग्रेस

Next Post ≫

सुरक्षित यात्रा नेपालको अभियान बुटवलमा यात्रुलाई निःशुल्क स्वास्थ्य सामाग्रि वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क