Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ गर्भावस्थामा औषधीको प्रयोगले बच्चामा हुने अटिजम रोग प्रति अभिभावक नै अनविज्ञ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गर्भावस्थामा औषधीको प्रयोगले बच्चामा हुने अटिजम रोग प्रति अभिभावक नै अनविज्ञ

संसारपोस्ट संवाददाता · ४ पुष २०७७ · 0
गर्भावस्थामा औषधीको प्रयोगले बच्चामा हुने अटिजम रोग प्रति अभिभावक नै अनविज्ञ
110
SHARES
ShareTweet

बुटवल, ४ पौष
बालबालिकाहरुमा देखिने अटिजम बारे अभिभावकहरु नै अनविज्ञ रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले आयाजना गरेकोे अन्तरक्रिया कार्यक्रममा बोल्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा अटिजन केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा सतिस रुपाखेतीले आफुहरु संस्थागत रुपमै अटिजम बारे सचेतना जगाउन लागेको बताउनु भयो । काठमाण्डौमा अटिजम केयर नेपाल बाहेक बुटवलमा समेत सोसाईटीमार्फत अभिभावक सचेतना तालिमका कार्यक्रमहरु गरेको उहाँले बताउनु भयो ।
कुनै पनि बालबालिकाहरुमा अटिजम देखिएमा अभिभावक धेरै कुरामा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
गर्भावस्थामा मेडिसिनको प्रयोग बढि हुदा बच्चामा अटिजम हुनसक्ने विज्ञहरु बताएका छन । विश्व स्वस्थ्यको तथ्याकमा ५९ जनामध्ये एक जनामा अटिजम देखिने गरेको बताईएको छ । नेपालमा ३ लाख अटिजमबाट पिडित रहेको तथ्याक छ । नेपालको कुल ३ करोड जनसंख्यामध्ये १ प्रतिशत यसको शिकार भएको मानिन्छन । न्युनतम २ महिना तालिम लिएर बालबालिकाको रेखदेखबारे जानकारी लिनुपर्ने उहांले बताउनु भयो । सहिद स्मारक बोर्डिङ स्कुल परिसरमा अटिजन केयर सोसाईटी लुम्बिनी स्थापना गरि एक सय जना अभिभावक आवद्घता गराएर सचेतनामा लागेको उहांले बताउनु भयो । निकट भविष्यमा शान्ति नमुना स्कुलसंग सहकार्य गरि लुम्बिनी प्रदेश सरकारको सहयोगमा ५ कठ्ठा क्षेत्रफलमा अटिजम स्कुल निर्माणको काम पनि अघि बढाउनेउहांले बताउनु भयो । यसबारे ज्ञान नहुदा कतिपय गाउघरमा बालबालिका बाधेर राख्ने काम समेत भैरहेको उहाँले दुखेसो गर्नु भयो ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड १९ का कारण क्लबका गतिविधि तिब्र गर्न नसकिएको भन्दै सचेतना र अन्तरक्रियालाई निरन्तरता दिदा धेरै फाईदा मिलेको बताउनु भयो ।
कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवाल, संगितकर्मी संघ रुपन्देहीका अध्यक्ष दुर्गा नेपाललाई सम्मान गरिएको थियो ।

≪ Previous Post

नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनमाबाट वर्ष २०२१ को अध्यक्षमा खनाल निर्वाचित

Next Post ≫

मानव कल्याण मित्र मञ्चद्धारा तिलोत्तमाको स्वास्थ्य सेवा केन्द्रलाई साढे २ लाख को आइसियु बेड हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क