बुटवल, ४ पौष
बालबालिकाहरुमा देखिने अटिजम बारे अभिभावकहरु नै अनविज्ञ रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले आयाजना गरेकोे अन्तरक्रिया कार्यक्रममा बोल्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा अटिजन केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा सतिस रुपाखेतीले आफुहरु संस्थागत रुपमै अटिजम बारे सचेतना जगाउन लागेको बताउनु भयो । काठमाण्डौमा अटिजम केयर नेपाल बाहेक बुटवलमा समेत सोसाईटीमार्फत अभिभावक सचेतना तालिमका कार्यक्रमहरु गरेको उहाँले बताउनु भयो ।
कुनै पनि बालबालिकाहरुमा अटिजम देखिएमा अभिभावक धेरै कुरामा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
गर्भावस्थामा मेडिसिनको प्रयोग बढि हुदा बच्चामा अटिजम हुनसक्ने विज्ञहरु बताएका छन । विश्व स्वस्थ्यको तथ्याकमा ५९ जनामध्ये एक जनामा अटिजम देखिने गरेको बताईएको छ । नेपालमा ३ लाख अटिजमबाट पिडित रहेको तथ्याक छ । नेपालको कुल ३ करोड जनसंख्यामध्ये १ प्रतिशत यसको शिकार भएको मानिन्छन । न्युनतम २ महिना तालिम लिएर बालबालिकाको रेखदेखबारे जानकारी लिनुपर्ने उहांले बताउनु भयो । सहिद स्मारक बोर्डिङ स्कुल परिसरमा अटिजन केयर सोसाईटी लुम्बिनी स्थापना गरि एक सय जना अभिभावक आवद्घता गराएर सचेतनामा लागेको उहांले बताउनु भयो । निकट भविष्यमा शान्ति नमुना स्कुलसंग सहकार्य गरि लुम्बिनी प्रदेश सरकारको सहयोगमा ५ कठ्ठा क्षेत्रफलमा अटिजम स्कुल निर्माणको काम पनि अघि बढाउनेउहांले बताउनु भयो । यसबारे ज्ञान नहुदा कतिपय गाउघरमा बालबालिका बाधेर राख्ने काम समेत भैरहेको उहाँले दुखेसो गर्नु भयो ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड १९ का कारण क्लबका गतिविधि तिब्र गर्न नसकिएको भन्दै सचेतना र अन्तरक्रियालाई निरन्तरता दिदा धेरै फाईदा मिलेको बताउनु भयो ।
कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवाल, संगितकर्मी संघ रुपन्देहीका अध्यक्ष दुर्गा नेपाललाई सम्मान गरिएको थियो ।
