Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनमाबाट वर्ष २०२१ को अध्यक्षमा खनाल निर्वाचित
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनमाबाट वर्ष २०२१ को अध्यक्षमा खनाल निर्वाचित

संसारपोस्ट संवाददाता · ४ पुष २०७७ · 0
नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनमाबाट वर्ष २०२१ को अध्यक्षमा खनाल निर्वाचित
100
SHARES
ShareTweet

बुटवल ४ पौष
नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरूणेश्वर खनाल बिजयी हुनु भएको छ । खनालं चितवनको बीसहजार जेसिजका तर्फबाट अध्यक्षको उम्मेदवार बनी चुनावी मैदानमा उत्रनु भएको थियो ।
पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको भलवाडीमा भएको ४७ औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
खनालले १०९० ल्याएर बिजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्दि लालमणी भण्डारीले ५१२ मत ल्याउनु भएको थियो । ४ पद कार्यकारिणी उपाध्यक्षमा सुमन कृष्ण श्रेष्ठ,भोजराज चापागाइ,अरूणकुमार दाहाल,शिबप्रसाद भुसाल निर्वाचित हुनु भएको छ । त्यस्तैगरी १२ पद राष्ट्रिय उपाध्यक्षमा रजनी थापा,बिमल ज्ञवाली, कल्पना पाण्डे कुशुम, राजन गौतम, पायल शर्मा, सुजन बरुवाल, गौतम शाह , सुनिल तिमिल्सिना, बिमला सुबेदी, प्रमिशा काफ्ले, दीपेन्द्र निरौला र अनोज जोशी निर्वाचित हुनु भएको छ ।
महासचिवमा विकास मानन्धर,कोषाध्यक्षमा पबिन्द्र भट्टराई र कानुनी सल्लाहकार गोकुल सापकोटा मनोनित भएका छन् । ती पदमा अध्यक्षले मनोनित गर्न पाउने जेसिजको विधानमा व्यवस्था छ । महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन भएको हो । वर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना,कार्यकारिणी उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
नेपाल जेसिज वर्ष २०२१ लागि अध्यक्षमा अरूणेश्वर खनाल बीसहजार जेसिज, विकास मानन्धर काभ्रे जेसिज, रविन पोखरेल नुवाकोट जेसिज, श्यामसुन्दर पौडेल विराटनगर जेसिज, लालमणि भण्डारी त्रिभुवन नगर जेसिज, शोभा खरेल हेटौंडा लेडी र गोकुल सापकोटा चुनावी मैदानमा उत्रिएका थिए । एक हजार सात सय जना मतदाता रहेको जेसिज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरूको सहभागिता रहेको थियो । महाधिवेशनशनको नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले भलवाडीमा उद्घघाटन गर्नु भएको थियो ।

≪ Previous Post

गुल्मीको दुबिचौरमा अटो दुर्घटना हुदां चालक राना को मृत्यु

Next Post ≫

गर्भावस्थामा औषधीको प्रयोगले बच्चामा हुने अटिजम रोग प्रति अभिभावक नै अनविज्ञ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क