Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गुल्मीको इस्मामा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीको इस्मामा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७७ · 0
गुल्मीको इस्मामा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु
80
SHARES
ShareTweet

गुल्मी, १२ मंसिर । गुल्मी जिल्लाको इस्मामा आज (शुक्रबार) बिहान भएको जिप दुर्घटानामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनास्थलमा ५ जना र उपचारको क्रममा एक जनाको मृत्यु भएपछि जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको गुल्मी प्रहरीले जनाएको छ ।
इस्मा गाउँपालिका वडा नम्बर–४ दोहलीको हुल गाउँबाट जिल्ला सदरमुकाम तम्घासतर्फ आउंदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका इस्मा गाउँपालिका ४ हुलका १९ बर्षीय फर्सुराम थापाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा ज्यान गएको हो ।
दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ बर्षीय डम्वर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षका धन बहादुर अछामी र मालिका गाउँपालिका ५ का ८० बर्षीय सुन्दरी थापाको दुर्घनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा परी २८ बर्षीय सरस्वती दर्लामी र जिपका सहचालक २५ बर्षीय कमल हितान घाइते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा उपचार भैरहेको छ ।
जिप चालक बुद्ध बस्नेत सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप हुलको स्कुल नजिकै दुर्घटना भएको र सडकदेखि करिव ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

रुन्देहीको तिलोत्तमामा १५ शैंयाको सरकारी अस्पतालको शिलन्यास

Next Post ≫

डिसेम्बर १० मा आणविक अस्त्र उन्मुलनका लागि शान्ति समाजले ९ वटा शक्ति राष्ट्रका दुतावास र जिल्ला जिल्लामा एकसाथ प्रदर्शन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क