Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा सहकारीद्धारा शेयर सदस्यलाई स्वरोजगार बनाउने योजना पारित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा सहकारीद्धारा शेयर सदस्यलाई स्वरोजगार बनाउने योजना पारित

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७७ · 0
तिलोत्तमा सहकारीद्धारा शेयर सदस्यलाई स्वरोजगार बनाउने योजना पारित
80
SHARES
ShareTweet

बुटवल ६कात्तिक
तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले अध्यक्ष माधवलाल देवकोटाको बार्षिक कार्य प्रगति प्रतिवेदन,कोषाध्यक्ष प्रदिप पराजुलीको आर्थिक प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन पारित गरेको छ । साधारण सभाले शेयर सदस्यहरुको हितकालागि सहुलियत सहकारी कर्जा कोष स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । शेयर सदस्य संख्या थप गर्ने, संहकारीलाइ विशिष्टिकृत संघसंग आवद्ध गर्ने, उत्पादन मुलक क्षेत्र,कृषि र त्यसको बजारीकरणमा लगानी बढाइ शेयर सदस्यहरुलाइ स्वरोजगार बनाउने योजना सहितको अध्यक्षको प्रतिवेदन पारित गरेको हो ।
चालु आर्थिक बर्षकालागि ५ करोड ३४ लाख ६६ हजारको अनुमानित आय व्यय सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।
सहकारीको चुक्ता पँुजी ५ करोड १५ लाख ७७ हजार छ । जगेडा कोषामा करिब २ करोड रहेको छ । ३५ करोड २५ लाख निक्षेप संकलन गरेको सहकारीले ३१ करोड ४४ लाख कर्जा लगानी गरेको छ ।
सहकारीको कुल दायित्व ४२ करोड ७८ लाख हो । तरलता २१.९७ प्रतिशत रहेको कोषाध्यक्ष प्रदिप पराजुलीले जानकारी दिनुभयो । लेखा सुपरिवेक्षक समितिका सदस्यफर्शुराम भण्डारीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता र सचिव पार्वती थापाको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सहकारीका सल्लाहकार तथा जेष्ठ सदस्य क्याप्टेन प्रेमबहादुर भण्डारी,प्रदेश लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक लक्ष्मण पौडेल लगायतले बोल्नु भएको थियो ।
सहकारीले गत बर्ष बृक्षा रोपण, शंकरनगर स्थित विपी बाटिकामा पार्क निर्माण,स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रम गरेको थियो । नगरपालिकाको कोभिड कोषमा ५१ हजार आर्थिक सहयोग गरेको सचिव थापाले बताउनु भयो ।
सिष्टर्स सोसाइटि मार्फत महिला शसक्तिकरणका कार्यक्रम संचालन गर्नुका साथै,सहकारी शिक्षा तालिम संचालन, २ हजार सुत्केरी पोषण खर्च,जेष्ठ सदस्यहरुकालागि ७० बर्ष माथिका शेयर सदस्यको निक्षेपमा साविकको व्याजदरमा १ प्रतिशत थप र ८० बर्ष माथिका शेयर सदस्यहरुकालागि १.५ प्रतिशत थप व्याजदर दिने व्यवस्था सहकारीले गरेको छ । शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना बिमा गरेको छ ।
सहकारीले बिभागको परिपत्र अनुरुपको मापदण्ड र प्रक्रिया अनुरुप संचालक समिति,सल्लाहकार र लेखा सुपरिवेक्षण सहितको उपस्थितीमा साधारण सभा सम्पन्न गरेको हो ।

≪ Previous Post

संघीय सरकारलाई चुनौती संक्रमितको शव व्यवस्थापन देखि निःशुल्क पीसिआर परिक्षण तिलोत्तमा नगरपालिकाले गर्ने घोषणा

Next Post ≫

लागु औषध सहित २ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क