Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चलचित्र ‘भाँडाकुटी’मा भुसाल र बेनिशाको अभिनय
नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला

नेपाली नारीका समस्या र समाधानका...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
प्रजातन्त्र र परिवर्तनका नाममा लुटतन्त्र मच्चियो : राप्रपा अध्यक्ष थापा

प्रजातन्त्र र परिवर्तनका नाममा लुटतन्त्र...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एभरेष्ट डोर इण्डष्ट्रिजमा आगलागी ९ करोड बढीको क्षेती

एभरेष्ट डोर इण्डष्ट्रिजमा आगलागी ९...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चलचित्र ‘भाँडाकुटी’मा भुसाल र बेनिशाको अभिनय

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७७ · 0
चलचित्र ‘भाँडाकुटी’मा भुसाल र बेनिशाको अभिनय
60
SHARES
ShareTweet

बुटवल २, कार्तिक
किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ मा मुकुन भुसाल र बेनिशा हमालले सँगै अभिनय गर्ने भएका छन् । घटस्थापनाको दिन पारेर शनिवार नयाँ फिल्म भाँडाकुटीको घोषणा गरिएको हो । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म भाँडाकुटीको एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ ।
चलचित्र भाँडाकुटी आउँदो फागुनमा बुटवल तथा त्यस आसपासका क्षेत्रहरुमा छायाँकन गरिने बताइएको छ । बैवाहिक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागिएको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । बिककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन् । ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूह फिल्ममा हाबी रहेको छ ।
विकले आफुहरु नयाँ र युवा भए पनि निखारिएर फिल्म क्षेत्रमा आएको बताउनु भयो । बिकले भाँडाकुटी नेपाली सिनेमा जगतमा नयाँ हाइटको फिल्म हुने दावी गर्नु भयो । २०७८ साल लक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् । फिल्ममा राज कुमार दर्जीको कोरियोग्राफ्री र भीम बिकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् ।
झण्डै एक करोड रुपैयाँ लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् । समाजको कथालाई नयाँ ज्ञान सहित पूरा अनुभवहरुको साथमा राम्रो फिल्म बनाउने उद्देश्य सहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले बताउनु भयो ।

≪ Previous Post

तिनाउ हस्पिटल स्थानापनको एक वर्ष पुरा उपचार सेवामा बिशेष छुट

Next Post ≫

रुपन्देही उद्योग संघको स्थापन दिवश र साधारणसभा एकै दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क