Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन आगामी पुस १ गते रुपन्देहीमा हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन आगामी पुस १ गते रुपन्देहीमा हुने

संसारपोस्ट संवाददाता · ३० आश्विन २०७७ · 0
नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन आगामी पुस १ गते रुपन्देहीमा हुने
120
SHARES
ShareTweet

बुटवल ३० असोज
नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ ।
आगामी पुस १ गतेदेदखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा महाधिवेशन गर्ने तय भएको जेसीजले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महाधिवेशनमा एकजना अध्यक्ष,४ जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले बताउनु भयो ।
महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकार अध्यक्षले मनोनित गर्न पाउने जेसीजको परम्परा रहेको छ ।
एक हजार सात सयजना मतदाता रहेका जेसीज महाधिवेशनमा देशभरका १ सय ५७ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पुर्व अध्यक्षहरु, उम्मेदवार लगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहने अध्यक्ष शंकरले जानकारी दिनु भयो ।
विगतमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन हजार जनासम्म सहभागी हुने गरेकामा यस वर्ष कोरोना महामारीका कारण न्यून सहभागिता हुने उहाँले बताउनु भयो । नयां नेतृत्वका लागि हालसम्म ६० जना भन्दा बढीले विभिन्न पदमा उम्मेदवारी दर्ता गरिसकेका र अनलाइन भोटिङ वा शाखा अध्यक्षहरु मात्रै सहभागी हुन पाउने विशेष साधारणसभा मध्ये कुन विधिबाट मतदान गर्ने भन्ने अझै निश्चित नभएको अध्यक्ष शंकरले बताउनु भयो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी महाधिवेशन सम्पन्न गर्न सम्बन्धित निकायबाट अनुमति लिइएको आयोजकले बताएका छन् । मंगलापुरस्थित बोधी भिल्ला रिसोर्टमा हुने महाधिवेशमा सहभागी हुन दुई दिनभित्रको पीसीआर परीक्षण रिपोर्ट पेश गर्नुपर्ने अनिवार्य गरिएको महाधिवेशन सचिवालयका महासचिव लोकनाथ खनालले बताउनु भयो । पत्रकार सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष गोविन्द पंगेनी, सिनेटर प्रकाश पोखरेल, भलबारी जेसीसका पुर्व अध्यक्ष सन्तराम चौधरी लगायतले बोल्दै रुपन्देहीमा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन हुनु गौरवको विषय भएको भन्दै यसलाई सफल बनाउन सबैको सहयोगको खांचो रहेको औंल्याउनु भयो ।

≪ Previous Post

प्रहरीलाई बाधा अवरोध गर्ने २ जना र स्कूटर जलाउने ४ जना विरुद्ध मुद्दा दर्ता

Next Post ≫

प्रहरी संगठनमा उल्लेखनिय योगदान पुराएका लुम्बिनी प्रदेशका ११ प्रहरी सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क