Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ यात्रुलाई सहज रुपमा गन्तव्यमा पुराउन र दूर्घटना नियन्त्रण गर्न बुटवलको बसपार्कमा प्रदेश स्तरिय यात्रु सहायता कक्षको शुभारम्भ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यात्रुलाई सहज रुपमा गन्तव्यमा पुराउन र दूर्घटना नियन्त्रण गर्न बुटवलको बसपार्कमा प्रदेश स्तरिय यात्रु सहायता कक्षको शुभारम्भ

संसारपोस्ट संवाददाता · २७ आश्विन २०७७ · 0
यात्रुलाई सहज रुपमा गन्तव्यमा पुराउन र दूर्घटना नियन्त्रण गर्न बुटवलको बसपार्कमा प्रदेश स्तरिय यात्रु सहायता कक्षको शुभारम्भ
170
SHARES
ShareTweet

बुटवल २७ असोज
नेपालीहरुको महान चाडपर्वको समयमा सवारी साधन र यात्रुहरुको चाप बढी हुने र यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पुराउन र दूर्घटना नियन्त्रण गर्ने हेतुले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुटवलको बसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गरेको छ ।
विजयादशमी, शुभ दिपावलीमा र छठ पर्व अवधीमा सवारी साधन र यात्रुहरुको चाप लाई मध्ये नजर राखि यात्रुहरुलाई पर्न जाने पिरमर्का र गुनासो सुनुवाई गर्नुको साथै सवारी चालक तथा सवारी धनीहरुलाई यात्रु मैत्रि व्यवहारगर्न गराउनका लागि सहायता कक्ष संचालमा ल्याईएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्ष कडम्बर बहादुर बिक बताउनु भयो । सुरक्षित सडक प्रयोग गर्न, क्षमता भन्दा बढि यात्रु तथा मालसामान बोक्दा हुन सक्ने सम्भाव्य सवारी दुर्घटना, तोकिएको भाडादर भन्दा बढि भाडा असुल गर्न खोज्नु जस्ता कार्यलाई निरुत्साहित गर्न र कोभिड १९ को संक्रमणमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउनुका लागि सहायता कक्ष प्रभावकारी हुने बताईएको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले चाडपर्वको समयमा यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि सवारी साधनको अभाव हुन नदिने र गलत क्रिर्याकलाप हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
प्रहरी र यातायात व्यवसायीको उद्देश्य यात्रुलाई सुरक्षित तबरले गन्तव्यमा पु¥याउने नै हो’, उहाँले भन्नुभयो, ‘समान उद्देश्यका यी दुई पक्षबिच समझदारी हुनसके दुर्घटना स्वत न्यूनिकरण हुनेछ ।’ अध्यक्ष खरेलले सवारी दुर्घटना न्यूनिकरणमा स्थानीय सरकार प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । पश्चिमाञ्चल यातयात व्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डेले सवारी नियमको कडाईका साथ पालना हुन सके दुर्घटना न्यूनिकरण हुने बताउनुभयो । उहाँले चाडपर्वको समयमा प्रहरीले स्थापना गरेको यात्रु सहायता कक्षमा आवश्यक पर्ने मास्क र सेनिटाईजर समितिले व्यवस्था गर्ने धारणा राखनु भयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक प्रतित सिंह राठौरले चाडपर्वका समयमा दुर्घटनाको जोखिम धेरै हुन र सम्भावित दुर्घटना रोक्न सरोकारवालाहरुसँग साझेदारी गर्दै सचेतना अभियान सुरु गरेको बताउनु भयो ।
प्रहरीले संचालन गरेको सहायता कक्षमा यात्रुहरुको सहयोग र परामर्शका लागि ९८५७०९०३७५, ०७१५४०७००, १०३,१०० नम्बरको व्यवस्था मिलाईएको प्रदेश ट्राफिक प्रहरी कार्यालयल बुटवलका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनु भयो ।
सोही समारोहमा रोटरी क्लव अफ रुपन्देही र तानसेन सिमेन्टले बसपार्क र प्रहरी कार्यालयका लागि सेनिटाईजर मेशिन उपलब्ध गराएको प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो ।

≪ Previous Post

कल्याणकारी र रुपन्देही व्यापार संघद्धारा स्थापना दिवशमा रक्तदान

Next Post ≫

बहुविबाह मुद्धाका अदालतले फैसला सुनाएका फरार अभियुक्त १० वर्ष पछि पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क