बुटवल २७ असोज
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले आफ्नो स्थापना दिवशको अवसरमा समाजिक कार्य अन्तरगत रक्तदान गरेको हो । कोभिड संक्रमणका कारण रगतको अभाव भैरहेको सन्द्रभमा रक्तदान जिवनदान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले जानकारी दिनु भयो ।
सहकारीले आफ्नो वार्षिक कार्यतालिका अनुसार हरेक वर्ष रक्तदान गर्दै आएको छ । संस्थाका अध्यक्ष क्षेत्रीको अध्यतामा भएको रक्तदान कार्यक्रममा सहकारीका सदस्यहरु तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।
रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजु गुरुङले बताउनु भयो । रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।
एक हजार ४ सय साधारण सदस्य रहेको सहकारी आफ्नै भवनमा संचालनमा रहेको छ । सहकारीले मानविय तथा रचनात्मक कार्यक्रहरु संचालन गर्दै आएको छ । किसानहरुको चामल खरिद गरि सहकारीले सुपथ मुल्यमा शेयर सदस्यहरुलाई विक्रिवितरण गर्दै आएको समेत जनाएको छ ।
यसैबीच रुपन्देही व्यापार संघले नेपाल चेम्बर अफ कमर्श ७० वर्षमा प्रवेश गरेको अवसरमा मंगलवार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले व्यवसायी पेशाको हकहितका लागि गठन भएको संस्थाले सामाजिक काममा देखाएको अग्रसरताको प्रशंसा गर्दै बर्तमान विषम परिश्थितीमा स्वाश्थ्य मापदण्ड अपनाएर आफ्ना गतिबिधि अगाडी बढाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले यस क्षेत्रको सामाजिक काममा व्यापार संघले देखाएको उपश्थितिलाई कुनै पनि अवस्थामा कम हुन दिन नहुने बताउदै रक्तदान कार्यक्रमको आयोजनाले सबैलाई सक्रिय बनाएको धारणा राख्नु भयो ।
संघका अध्यक्ष यमलाल लोहनीले आम व्यवसायीहरुको साझा संस्थाको रुपमा आफुलाई स्थापित गरेको रुपन्देही व्यापार संघले समाजप्रतिको उत्तरदायित्वलाई पनि सधै बोध गर्ने गरेको बताउनु भयो ।
कार्यक्रम संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको स्थागत, महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन संघका प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारीले गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रश सोसाइटी रक्त सञ्चार इकाई भैरहवा शाखाका कार्यक्रम संयोजक हरिप्रसाद सापकोटाको नेतृत्वमा रहेको प्राविधिक टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा ७० युनिट रगत संकलन भएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिनुभयो ।
