Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको साधारण सभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको साधारण सभा

संसारपोस्ट संवाददाता · २७ आश्विन २०७७ · 0
लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको साधारण सभा
80
SHARES
ShareTweet

बुटवल, २७ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा रुपन्देहीको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रतिष्ठानका सिमित व्यक्तिहरुको भौतिक उपस्थिति तथा अन्य व्यक्तिहरुलाई जुम प्रविधि मार्फत उपस्थित गराई साधारण सभा सम्पन्न गरिएको हो ।
साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश वि.जि.ले यस्तो विषम परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी साधारण सभा आयोजना गरिएकोमा प्रशंसा व्यक्त गर्दै लोक संस्कृतिको जगेर्ना संगै सामाजिक कार्यमा समेत अग्रसर हुन प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभयो ।
संस्थाका संरक्षक खिम बहादुर हमालले लोक दोहोरी प्रतिष्ठानले जस्तो सुकै परिस्थितिमा पनि आफ्नो कर्तव्य र समाजसेवालाई निरन्तरता दिइरहेको बताउनुभयो । संस्थाका अध्यक्ष दिपक कार्कीले कोरोना भाईरस महामारीका कारण संस्थाको पुर्वनिर्धारित कार्ययोजना अनुरुप काम गर्न नसकेपनि कलाकारको हकहित तथा समाजसेवामा निरन्तर काम गरिरहेको बताउनु भयो ।
साधारण सभामा संस्थाको बार्षिक कार्यक्रम अनुसार अग्रज कलाकार विधाबाट संस्थाका पुर्व अध्यक्ष बलराम पौडेल, अग्रज बाद्यबादक विधाबाट बाबुराम गन्धर्व, लोक पत्रकारिता सम्मानबाट पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष दिनेश पाण्डे, ज्येष्ठ आजीवन सम्मानबाट मान बहादुर के.सी., सक्रिय आजीवन सदस्यबाट केशव कुँवर ‘दिनेश’, नवप्रतिभा सम्मानबाट प्रसिद्धि ढकाल र विशेष संहयोगी संस्था सम्मानबाट महाराजा रिसोर्ट बुटवललाई सम्मान गरिएको थियो ।
त्यस्तै कार्यसमितिमा रहेर उत्कृष्ट कार्य सम्पादन गरेबापत सदस्यद्वय राम प्रसाद पाण्डे र रेनु रानामगर तथा विभिन्न प्रतियोगितामा सहभागी भई बिजयी भएकोमा लालमाया थापा, विक्रमबाबु बिश्वकर्मा र लक्ष्मी बस्नेतलाई संस्थाको भवनमा सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई संस्थाका संरक्षक खिमबहादुर हमाल, केन्द्रीय सचिव प्रचञ्ड जिसी, पूर्व सल्लाहकार टंकप्रसाद गैरे र केन्द्रीय सदस्य दिपक गरौंजा मगरले संयुक्त रुपमा प्रसंशा पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
त्यसै अवसरमा प्रतिष्ठानले सल्लाहकार स्वागत कार्यक्रम समेत गरेको छ । प्रतिष्ठानले सल्लाहकारहरु मोदनाथ वेलवासे, जयप्रकाश भट्टराई, बाबुराम बोहोरा, यमलाल लोहनी, समुन्द्र जिसी, योग गुरुङ र नारायणबहादुर रायमाझीलाई दोसल्ला ओढाएर सम्मान तथा स्वागत गरिएको थियो ।
साधारण सभामा संस्थाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता थापामगर, निवर्तमान अध्यक्ष बद्री पंगेनी, पुर्व अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सचिव प्रचण्ड जि.सी., प्रदेश सचिव टिकाराम लुइटेल, पुर्व केन्द्रिय सदस्य बसन्त श्रेष्ठ, रुपन्देही ब्यापार संघका यमलाल लोहोनी, सम्मानित व्यक्ति बलराम पौडेल लगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।
प्रतिष्ठानका सचिव उज्जवल गिरीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष सन्जय सौगातले ११ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत प्रथम उपाध्यक्ष विजय सापकोटाले स्वागत र सहसचिव विधान कार्कीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

≪ Previous Post

बालबालिका विरुद्ध हुने हिंसा नियन्त्रणमा प्रहरीको कार्यक्रमः संघ संस्थाहरु विच सहकार्य बढाउन माग

Next Post ≫

रुपन्देहीको कञ्चनमा १५ कठृा सार्बजनिक जग्गा व्यक्तिले हडप्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क