Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बालबालिका विरुद्ध हुने हिंसा नियन्त्रणमा प्रहरीको कार्यक्रमः संघ संस्थाहरु विच सहकार्य बढाउन माग
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बालबालिका विरुद्ध हुने हिंसा नियन्त्रणमा प्रहरीको कार्यक्रमः संघ संस्थाहरु विच सहकार्य बढाउन माग

संसारपोस्ट संवाददाता · २६ आश्विन २०७७ · 0
बालबालिका विरुद्ध हुने हिंसा नियन्त्रणमा प्रहरीको कार्यक्रमः संघ संस्थाहरु विच सहकार्य बढाउन माग
130
SHARES
ShareTweet

बुटवल २६ असोज
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले कोरोना कोभिड १९ को माहामारीको समयमा समाजमा बालबालिका विरुद्ध हुने घटनालाई न्यूनिकरण गर्न विशेष कार्यक्रम संचालन गरेको जनाएको छ ।
बालबालिका विरुद्ध विभिन्न किसिमका घटनाहरु हुने र हिंसामा पर्ने, विपदमा परि अकालमा मृत्यु हुने जस्ता घटनालाई न्यूनिकरण गर्नेको लागि प्रहरी विशेष कार्यक्रम ल्याई अभियानका रुपमा संचालन गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार वैदवारले बताउनु भयो ।
प्रहरी कार्यालयमा बालबालिकाको हिंसाका उजुरी सुन्ने हेल्प डेस्क, हिंसामा परेकालाई तत्काल उद्दार, उपचार, काउन्सिलिङ र कानूनी प्रकृया गर्ने जस्ता कार्यहरुको साथै बालबालिका माथि हुने हिंसा नियन्त्रण गर्नको लागि टोल टोलमा प्रहरी गस्तीबाट जानकारी गराउने कार्य समेत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसै सिलसिलामा लुम्बिनी प्रदेश मातहत रहेका १२ जिल्लामा बालबालिकाको क्षेत्रमा कार्य गरिरहेका संघ सस्थाहरुसंग टेलिफोनबाट अन्तरकृया गरी समस्या, सुझाव ,बालबालिकालाई अझबढी संरक्षण कसरी गर्ने र अपराध न्यूनिकरण गर्न सहकार्य गरि अगाढी बढनेसवालमा अन्तरकृया सम्पन्न भएको छ ।
उक्त अन्तरकृयामा प्रहरीले हाल बालबालिकासंग सम्बन्धित अपराधको अनुसन्धान तथा पीडितहरुलाई गरिने व्यवहार प्रति प्रहरी संवेदनशील भएको तर बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु विच सहकार्य बढाउन जरुरी रहेको उनिहरुले औल्याएका थिए ।
लुम्बिनी प्रदेश प्रहरीले नवलपरासीको (ब.सु. पश्चिम)सानाहात नेपाल,रुपन्देहीमा माईती नेपाल, कपिलवस्तुमा मधेश मानव अधिकार गृह,दाङमा अल्पकालिन बाल संरक्षण गृह, बाँकेमा म.बा.बा.तथा जेष्ठ नागरिक शाखा, बर्दियामा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा,पाल्पामा सेफ हाउस पाल्पा,गुल्मीमा मानव अधिकार सचेना मञ्च,अर्घाखाँचीमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, प्यूठान मा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, ,रोल्पामा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र रुकुम (पूर्व)जिल्लामा बाल अधिकार समितिसंग कार्यक्रम गरेको जनाएको छ ।

≪ Previous Post

अपाङ्ग व्यक्ति माथि हुने हिंसा र अपराध न्यूनिकरणमा प्रदेश प्रहरीको अभियान जारी

Next Post ≫

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको साधारण सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क