बुटवल २६ असोज
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ मातहत रहेका १२ जिल्लामा कोभिड १९ को बेलामा अपाङ्गता भएका व्यक्तिहरुमा हुने हिंसा र अपराध न्यूनिकरणका लागि प्रहरी अभियान संचालन गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरु हिंसामा परेको अवस्थामा प्रहरीले सम्पादन गरिरहेको कार्यहरु, हेल्प डेस्क, पिडीत उद्दार मोवाइल, काउन्सिलिङ, उपचार र कानूनी कारवाहीका वारमा जानकारी गराउनुका साथै आगामी दिनमा गर्नु पर्ने काम वारे सुझाव संकलन समेत गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रवक्ता राजकुमार वैदवारले बताउनु भयो ।
प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरुलाई त्यस प्रकारका घटनाहरु न्यूनिकरण गर्ने अभियानको लागि गस्ति गर्ने र स्थानिय पालिका, महिला अधिकारकर्मी, अपाङ्गता वा संघ सस्थाहरु, मिडियाहरुसंग सहकार्य गरि कार्यक्रमलाई प्रभावकारी बनाउने रणनीति तथ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको अनुसन्धान, प्रभावकारीता र सहकार्यमा अभिवृद्धि गर्नका लागि र अपाङ्गता भएका व्यक्तिहरुलाई हिंसाबाट सुरक्षित गर्नको लागि सरोकारवाला निकायसंग २ दिने टेलिफोन अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।
कार्यक्रममा सहभागी संघ सस्थाहरुले प्रहरीले अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्ग मैत्री एवम् पीडित मैत्री बातावरण हुनु पर्ने, अपाङ्ग मैत्री संरचना हुनु पर्ने, अपाङ्गको उजुरीलाई अझ वढी प्राथमिकतामा राखि हेरिनु पर्ने लगाएतका सुझावे राखेका थिए ।
प्रदेश प्रहरीले नवलपरासी म.बा.बा.जे.ना.शाखा रामग्राम ,रुपन्देही नेत्रहिन अलपा संघ, कपिलवस्तु ऋतु स्वावलम्बन केन्द्र,नेपाल अपाङ्ग संघ नवजीवन केन्द्र घोराही,म.बा.बा.जे.ना. शाखा, नेपालगंज ,बर्दिया म.बा.बा.जे.ना. शाखा,पाल्पासेफ हाउस, गुल्मीसृजनशिल सामुदायिक विकास केन्द्र , अर्घाखाँची सृजनशिल अपाङ्ग सरोकार केन्द्र ,प्यूठान जिल्ला अपाङ्ग सेवा संघ, रोल्पा अपाङ्ग कल्याण समाज र रुकुम (पूर्व) म.बा.बा.जे.ना. शाखामा कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।