बुटवल २५ असोज
नेपाली बजारमा कोरियन स्वादको चाउचाउ (नूडल्स )को माग भएको भन्दै सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले उत्पादन शुरु गरि बजारमा ल्याएको छ ।
नवलपरासीको रामग्राममा रहेको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले कोरियन स्वादको चाउचाउ बजारमा ल्याएको हो ।
नेपाली बजारमा कोरियन तयारी चाउचाउको माग बढेकोले सजिलै त्यसको परिपूर्ति गर्नको लागि कोरियन स्वादको चाउचाउ उत्पादन शुरु गरेकोे सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिका अध्यक्ष उज्वल कसजुले जानकारी दिनुभयो ।
कम्पनीले लामो समयको अनुसन्धान पछि उत्पादन गरेर बजारमा ल्याएको उहाँले बताउनु भयो । ‘कोरियन स्पाईसी नुडल्स’को स्वादमा ‘समुराई गोउरेन्टस् स्पाईसी’ चाउचाउ ल्याएको र बजारमा लोकप्रीय हुनुका साथै उपभोक्ताले यसको स्वाद मन पराउने कम्पनीले विश्वास गरेको प्रवन्ध निर्देशक अभिषेक श्रेष्ठले बताउनु भयो ।
१२० ग्रामको कोरियन स्पाईसी नुडल्सको मुल्य नेपाली बजारमा १५० रुपैंया तय गरेको छ । सोही अनुसार ७५ ग्रामको समुराई नुडल्सको ३० रुपैंया मुल्य निर्धारण गरिएको कम्पनीका व्यबस्थापक हरिबंश भुजेलले जानकारी गराउनु भयो । उहाँले नेपाली उपभोक्ताले सुपथ मुल्यमा कोरियन स्वाद लिन पाउने गरी कम्पनीले सुलभ मुल्य निर्धारण गरिएको उल्लेख गर्नुभयो । सिंगापुर, चिन र भारतबाट बिभिन्न अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आयात गरि उच्च गुणस्तर, मिठो स्वाद र सस्तो मुल्यमा कोरियन स्वादको समुराई नुडल्स बजारमा ल्याईएको अध्यक्ष कसजु बताउनुहुन्छ ।
सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिबाट उत्पादित समुराई नुडल्सको आधिकारिक डिष्टिव्यूटर्सको जिम्मा बुटवल संगमपथमा रहेको ‘यु एण्ड यु’ ईन्टरनेशनलले लिएको छ । कम्पनीले उत्पादन गरेको समुराई नुडल्स आईतवार देखि बजारमा पठाईएको यु एण्ड यु ईन्टरनेशनले जनाएको छ ।