Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ श्रीमतीको हत्या गर्ने श्रीमान र सरकारी छाप दस्तखत किर्तेका फरार २ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रीमतीको हत्या गर्ने श्रीमान र सरकारी छाप दस्तखत किर्तेका फरार २ जना पक्राउ

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७७ · 0
श्रीमतीको हत्या गर्ने श्रीमान र सरकारी छाप दस्तखत किर्तेका फरार २ जना पक्राउ
130
SHARES
ShareTweet

बुटवल २४ असोज
श्रीमतीलाई हत्या गरि फरार रहेको श्रीमानलाई कपिलवस्तु प्रहरीले २६ दिन पछि पक्राउ गरेको छ । गत भदौ २८ गते दिउसो साढे २ बजेको समयमा जिल्ला कपिलबस्तु बिजयनगर गाउपालिका ५ नौरंगिया बस्ने अर्जुन यादवले कान्छी श्रीमती बर्ष २७ कि श्रृजना घर्ति यादवको हत्या गरि चिरही खोलाको छेउमा हरियो स्याउलाले छोपेको अबस्थामा मृत लाश फेला परेको थियो ।
घटनाको सम्बन्धमा मृतकका बुवा तुम बहादुर घर्तीले आफनै ज्वाई अर्जुन यादवले घर परिवारको मिलेमतोमा श्रृजनालाई हत्या गरेको र सवलाई खाल्डोमा लुकाएको भनी ईलाका प्रहरी कार्यालय गणेशपुरमा किटानी जाहेरी दिनु भएको थियो ।
श्रीमतीको हतया गरि फरार रहेको अर्जुनलाई प्रहरीले खोजी गरिरहेकोेमा यही असोज २३ गते शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नाउव उपरिक्षक धर्म भण्डारीले बताउनु भयो । ईप्रका गणेशपुरबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा कृष्णनगर नगरपालिका १० सोनहवा बाट निज प्रतिवादी अर्जुनलाई पक्राउ गरी जिल्ला अदालत कपिलबस्तु बाट म्याद थप गराई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
यसै बीच सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार बर्ष ३० को अशोक चाई भन्ने राम अशोक चाईलाई पनि प्रहरीले पक्राउ गरिअदालतमा बुझाएको छ ।
२०७४ साल चैत ९गते मनोज गुप्ताको जाहेरीले जिल्ला कपिलबस्तु यसोधरा गा.पा.वडा नं.४ हथिहवा बस्ने असोक चाई भन्ने राम असोक चाई समेत प्रतिबादी भएको सरकारी छाप दस्तखत किर्ते मुद्धामा कपिलबस्तु जिल्ला अदालत मिति २०७६ जेठ २२ गतेको फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार नीज चाई ३ बर्ष ६ महिना कैद र तिन लाख जरिवाना सजाय ठहरेको थियो ।
फरार चाईलाई शुक्रवार पक्राउ गरि कपिलबस्तु जिल्ला अदालतमा पेश गरी कारागार चलान गरिएको प्रनाउ भण्डारीले बताउनु भयोे ।

≪ Previous Post

सडक स्वच्छ राख्न डिभाइडर महत्वपूर्ण हुने: उप मेयर आर्चाय

Next Post ≫

बालिका बलत्कार बिरुद्ध बिरोध प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क